Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

दाङमा सवारी दुर्घटनाः ६ महिनामा २५ जनाले ज्यान गुमाए

खबरडबली संवाददाता

दाङ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा  भएको  दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए ।
 
त्यसैगरी गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नंको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय रितेष केसी र मोटरसाइकलमा सवार घोरही–७ कै ४४ वर्षीय गङ्गा कुँवरको घटनास्थलमा मृत्यु भयो । मोटरसाइकल चालक र अन्य दुई जना साइकल गम्भीर घाइते भए । यी दुईवटै दुर्घटना प्रहरीको गहन अनुसन्धानले जीप दुर्घटनाको मुख्य कारण यान्त्रिक गढबढी र चालकको कमजोरी बतायो भने मोटरसाइकलले ठक्कर दिनुका कारण मापसे गरी तीव्रगति सवारी चलाउनु नै रहेको दाङ ट्राफिक प्रहरीको एक अनुसन्धानले जनाएको छ । वास्तवमा यी त उदाहरण मात्र हुन् । 

जिल्लामा हुने सवारी दुर्घटनाका कारण यतिखेर नागरिकले अकालमै ज्यान गुमाउन पुगेका छन् । यसैबीच यस आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनाको जिल्लामा ६५  सवारी दुर्घटनामा २५ जनाको अकालमै मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् । ती दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न रहेका छन् । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१  वटा, बस सात, ट्र्याक्टर  सात जीप तथा कार चार रहेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर  दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् ।

गएको आर्थिक वर्ष २०७८÷८९ मा  दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नेका लागि ट्राफिक प्रहरीले   नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्नेका लागि चोसो दिन थालेका छन् । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गदै आएका छन् । यहाँका बजारमा ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ । सडक वारपार गर्नेका लागि पैदल यात्रुलाई  सचेतना कार्यक्रम गरेको छ । चालकका लागि निःशुल्क जाँच, बजारमा जेब्राक्रसिङसमेत बनाएको छ । तर पनि जिल्लामा सवारी दुर्घटनाका घटना दिनहुँजसो घटिरहेका छन् ।

दुर्घटना घटनुका कारण अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गति, मादक पदार्थ सेवनगरी गाडी चलाउँदा चालकको लापरबाही, यात्रु गल्ती, सडकको अवस्थाका कारण, यान्त्रिक गढबढी मुख्य रहेको ट्राफिक प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका सल्लाहकार एवं ज्येष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले दुर्घटनालाई न्यूनीकरण गर्नेका लागि चालक गम्भीर बन्नुपर्ने बताउन्छन्।

उनले जिल्लामा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै उनीहरुलाई संवेदनशील हुन आग्रह गरे। उहाँले बाटोको अवस्थाबारेमा चालक जानकार नहुने, तीव्रगतिमा गाडी चलाउने र आफ्ना सवारीसाधन दुरुस्त अवस्था नराख्ने लगायतले दुर्घटना बढी रहेको बताए ।

त्यसैगरी महिला अधिकारकर्मी राधा पाण्डेले दुर्घटना न्यूनीकरणका लागि चालक, ट्राफिक प्रहरी र स्वयं गाडी धनी एकजुट हुनुपर्ने बताए। उनले सवारी ऐन कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने बताउनुभयो । त्यस्तै चालकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । उनले दुर्घटना पीडित सङ्गठित भएर सचेतना अभियान फैलाउनुपर्छ भने। दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै दुर्घटना पीडित सङ्गठित बनाएर सचेतना अभियान थाल्दा थप प्रभावकारी हुने उनको धारणा छ ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरण मल्लले तीव्र गतिमा गाडी चलाउन, सवारीसाधन चुस्तदुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसे लगायतका कारणले दुर्घटना बढेको र नियन्त्रण गर्नेका लागि आफू गम्भीररुपमा लागि रहेको जानकारी दिनुभयो । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिनेसमेत बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरा तथ्यका आधारमा प्रधानमन्त्रीले पुष्टि गर्न सक्नुपर्छ: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति तथ्यहीन भएको बताएका ...

‘फिनटेक मार्केटप्लेस’ राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछ: गभर्नर पौडेल

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार संसद् बैठकमा प्रधानमन्त्रीले दिएको भनाइलाई एमालेल...

धवलशमशेर राणाले छोडे राप्रपा, नयाँ राष्ट्रवादी अभियानको घोषणा

काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...

निजी विद्यालय शुल्कमा ३ प्रतिशत योगदान सामाजिक समानताका लागि: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...

प्रतिनिधि सभा सदस्य निर्वाचन संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...

बजेट सानो आकारको र सीमाभित्र रहेको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...

विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...

विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...

कांग्रेसको प्रश्न: नेपालले भारतको सीमा मिचेको भनिएको स्थान कहाँ हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending