NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो, के छन् छ बुदे निर्णयमा ?

खबरडबली संवाददाता

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ ।

उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने उद्देश्यले नयाँ नियम लागू गर्ने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

उहाँले हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालनप्रतिको व्यावसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिवृद्धि गर्न पनि प्राधिकरणले पहल गरेको उल्लेख गरे ।

उनले हवाई सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले गरेको छ बुँदे निर्णयलाई कडाइका साथ लागू गरिने दाबी गरे । क्यानले गरेको नयाँ व्यवस्थामा विमान चालक (पाइलट) को ड्युटी समय एक घण्टा कम गरिएको छ । त्यस्तै पाइलटले अहिले दैनिक उडान (टेकअफ) र अवतरण (ल्यासण्डङ० दुवै गरी दस पटकसम्म गर्न पाउने व्यवस्था रहेकामा अब त्यलाई पनि घटाएर आठ पटक मात्र बनाइएको छ । 

विशेषगरी छोटो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने पाइलटको ड्युटी समय प्रतिदनि आठ घण्टाबाट घटाएर सात घण्टा कायम गरिएको छ । त्यसैगरी लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्ने पाइलटको ड्युटी समय प्रतिदिन नौ घन्टाबाट घटाएर आठ घन्टा कायम गरिएको छ ।

के छन् छ बुदे निर्णयमा ?
प्राधिकरणका अनुसार हेलिकोप्टर बाहेक अन्य वायुयानले भिजुअल फ्लाइट रुल ९झिएफआर० उडान अन्तर्गत ‘सस्टेबलाईज एप्रोच’ गर्दा ‘सर्ट टेकअफ एण्ड ल्याण्डिङ’ ९स्टोल० विमानस्थलमा जमिनको सतहबाट कम्तीमा पाँच सय फिट तथा अन्य विमानस्थलमा कम्तीमा एक हजार फिट को उचाई अनिवार्य कायम गर्नुपर्नेछ ।

आगामी समर सेड्युल–२०२३ वाट लागू हुने गरी यान्त्रिक उडान हुने ‘कन्ट्रोल एरोड्रम’मा उडान गर्ने स्टोल वायुयान (ट्वीनअटर लेट ४१०, डोमियरलगातय) बाहेकका अन्य वायुयानहरुले इन्स्ट्रयुमेन्ट फ्लाइट रुल (आईएफआर) उडान अप्रेशन मात्र गर्न पाउनेछन् ।

वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक पाइलटले अर्को पाइलट प्रोफेन्सी चेक (पिपिसी)गर्नु पूर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिसप्राप्त संस्थारपरीक्षकमार्फत् अनिवार्यरुपमा प्रोफेन्सी चेक स्किल टेष्ट गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

यस्तै, वायुयान चालक दलका सदस्यको थकानको जोखिम न्यूनीकरण गर्ने उडानमा हाल कायम रहेको ९उडानमा दुईभन्दा बढी चालकदलका सदस्य रही एक्टेन्डेड आवर उडान गर्न पाउने०सम्बन्धी प्रावधान अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिएको छ ।

स्टोल रुटको उडान समय सीमालाई अधिकतम प्रतिदिन आठ घण्टाबाट घटाएर सात घण्टा कायम गर्ने तथा नन स्टोल रुटमा उडान समयसीमा अधिकतम प्रतिदिन नौ घण्टाबाट घटाएर आठ घण्टा र प्रतिदिन १० वटा कायम रहेको उडानरअवतरणलाई आठ वटा कायम गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले सरकारबाट छोड्ने निर्णयका लागि सरकारलाई दुई दिन समय दिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । आगामी  वैशाख १० मा हुने उपनिर्वाचन बारा–२ मा  नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकम...

मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली

तनहुँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ ...

कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ

काठमाडौँ । सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । शनिबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको ब...

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । ...

तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई ...

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौं: अध्यक्ष भट्टराई

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्र...

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द, करोडौंका संरचना प्रयोगविहीन

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको ...

प्रधानमन्त्री प्रचण्ले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने भएका छन्  ...

गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार ढिलो भयोः देवेन्द्र पौडेल

काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्।  शनिबार क...

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिब...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page