NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

अहिले स्थायित्वका लागि राष्ट्रिय सहमतिको खाँचो छः पौडेल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।

‘यो व्यवस्था ल्याउनका लागि नेपाली जनताले गरेको ७० वर्ष लामो संघर्षप्रति सम्मान गरौँ । हामीले यही व्यवस्थाका कारण हामीले यहाँ सदनमा बहस गरिरहेका छौँ,’ उनले भने, ‘हामीले ल्याएको यो संविधान र व्यवस्था त्यतिकै आएको छैन, यसको रक्षा गर्दै जनताको भावना र विकासलाई जोडेर अघि बढ्नु सबै राजनीतिक शक्तिको दायित्व हो, संवाद, सहमति र सहकार्यको विकल्प छैन । अहिलेको आवश्यकता भनेको प्राप्त उपलब्धिहरूको रक्षा गर्नु नै हो । कमी कमजोरीहरू छन् भने संविधानमा संशोधन गरेर अघि बढौँ ।’

उनले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याए । ‘हामीले राष्ट्रिय सहमतिको आवश्यकताको कुरा उठाइरहेका छौँ । वास्तवमा यो संविधान र यो व्यवस्थाको स्थायित्वका लागि राष्ट्रिय सहमतिको खाँचो छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । आगामी  वैशाख १० मा हुने उपनिर्वाचन बारा–२ मा  नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकम...

मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली

तनहुँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ ...

कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ

काठमाडौँ । सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । शनिबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको ब...

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । ...

तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई ...

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौं: अध्यक्ष भट्टराई

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्र...

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द, करोडौंका संरचना प्रयोगविहीन

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको ...

प्रधानमन्त्री प्रचण्ले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने भएका छन्  ...

गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार ढिलो भयोः देवेन्द्र पौडेल

काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्।  शनिबार क...

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिब...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page