Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पुरानो गठबन्धन ब्युँताउने कसरतमा कांग्रेस, राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’

खबरडबली संवाददाता

काठमाडौँ । कांग्रेसले सत्ता गठबन्धनभित्र बढिरहेको कचपचको फाइदा उठाउँदै पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निरन्तरता दिने गरी कांग्रेसले पाँचदलीय गठबन्धन ब्युँताउन खोजिरहेको छ । माओवादी नेताहरू भने अब फेरि कांग्रेस नेतृत्वको गठबन्धनमा जाने/नजाने भन्ने तय राष्ट्रपति निर्वाचनसम्ममा एमालेको भूमिकाले निर्धारण गर्ने बताउँछन् । 

कांग्रेससँगको पाँचदलीय गठबन्धन अचानक भत्काएर प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष दाहालले नयाँ सत्ता समीकरणमा सहज महसुस नगरिरहेको नेताहरू बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुति र सत्ता गठबन्धनको तेस्रो घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारबाट बहिर्गमनका कारण उनलाई थप अप्ठेरोमा पारेको समाचार आजको कान्तिपुर दैनिकमा छ। 

रास्वपाले समर्थन फिर्ता नगरेकाले सरकारलाई तत्काल समस्या छैन । कांग्रेस नेताहरू गठबन्धनका विषयमा आसन्न राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’ हुन सक्ने बताउँछन् । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ मा हुँदै छ ।

कांग्रेसका एक शीर्ष नेताले दाहाललाई प्रधानमन्त्री स्वीकार नगर्ने गत पुस १० को कमजोरी सच्याएर अघि बढ्न पार्टी सभापति शेरबहादुर देउवा तयार रहेको र त्यही कारण माओवादीप्रति नरम नीति लिँदै आएको बताए । उनका अनुसार दाहाल नेतृत्वको सरकार कुनै पनि बेला संकटमा परे बिनासर्त काँध थामिदिने सन्देश कांग्रेसले दिइसकेको छ । 

‘यो गठबन्धनबाट संविधानको रक्षा हुने देखिएन । हिजो जुन कारणले वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो, त्यसको औचित्व अझै समाप्त भएको छैन । त्यसैले यो गठबन्धन प्राकृतिक छैन भनेरै हामीले सरकारलाई विश्वासको मत दिएका हौं । यस्तै घटनाक्रमले कुनै पनि बेला गठबन्धन बदलिन सक्छ,’ उनले भने ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने कांग्रेसले चाहेजस्तो गठबन्धन बदल्न तत्काल सम्भव नहुने बताए । ‘अहिल्यै गठबन्धन बदल्ने कुरा हुन्न । आज एउटा, भोलि अर्को गठबन्धन गर्दा राम्रो सन्देश जाँदैन । राजनीतिक रूपमा उचित पनि देखिँदैन,’ उनले भने, ‘भोलि कांग्रेससँग सहकार्य कस्तो हुने भन्नेमा एमालेको व्यवहारले निर्धारण गर्छ । अहिले गठबन्धनमा देखिएका समस्यालाई हल गरेर अघि बढ्नुपर्छ भन्ने मान्यतामा छौं ।’ उनले रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएकाले सरकार संकटमा नपरेको बताए । ‘तर, सरकारले काम सुरु गरिरहेका बेला यो घटनाले राम्रो सन्देश पक्कै दिएको छैन,’ उनले भने ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सत्ता गठबन्धनको आन्तरिक मामिलामा कांग्रेसले पर्खने र हेर्नेबाहेक केही नगर्ने बताउँछन् । ‘सरकार भर्खरै गठन भएको छ । सरकार कसरी अघि बढ्छ, हेर्दै छौं । अहिलेकै घटनाले के हुन्छ, यसै भन्न सकिन्न । सरकार सञ्चालनमा विभिन्न आरोह–अवरोह हुन्छन् । हरेक घटनाक्रमलाई संयमतापूर्वक हेर्नुपर्छ,’ उनले भने, ‘सत्ता गठबन्धनमा समस्या आयो भन्दैमा सरकारमा जाने कुरा कांग्रेसले गर्दैन । हामी हिजो पनि प्रतिपक्षमा थियौं, आज पनि छौं र भोलि पनि प्रतिपक्षमै रहन्छौं । गठबन्धनमा केही घटना हुनासाथ पृथक् ढंगले सोचिहाल्नहुन्न ।’

वर्तमान गठबन्धन लामो समयसम्म जान्छ भन्नेमा प्रधानमन्त्री दाहाल विश्वस्त देखिँदैनन् । त्यसै कारण एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति पनि दाहाल सकारात्मक छैनन् । रास्वपाले गृह मन्त्रालयमा दाबी गरेपछि समाधान निकाल्न ओलीले संयन्त्रको बैठक राख्न खोजेका थिए तर दाहालको अनिच्छाका कारण बैठक बस्न सकेन । 

कुनै पनि बेला संकटमा पर्न सकिने बुझेरै दाहालले राष्ट्रपति निर्वाचनमा वैकल्पिक गठबन्धन गर्न सकिने विषयमा कांग्रेस नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन् । कांग्रेस नेताहरू पनि पुस १० को घटनालाई बिर्सेर दाहाललाई राजनीतिक विश्वास दिलाउन खोजिरहेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशरण महत अब दुवै दलका लागि विश्वासको मुख्य आधार राष्ट्रपतिको निर्वाचन हुन सक्ने बताउँछन् । ‘सरकारका विषयमा अहिले धेरै सोचेका छैनौं । अहिले हाम्रो लक्ष्य राष्ट्रपतिमा छ । सरकारका विषयमा पनि प्रधानमन्त्री कस्तो सोचका साथ आउनुहुन्छ, त्यसमा धेरै निर्भर हुन्छ । संविधान सुरक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो । 

यही मुद्दामा स्वार्थको द्वन्द्व बढेर एमालेसँग नमिल्ने अवस्था आयो भने कांग्रेसले साथ दिने कुरा छँदै छ,’ उनले भने, ‘मुख्य परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ । त्यतिबेला प्रधानमन्त्रीलाई संकटमा पार्ने कोसिस भयो भने कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्छ ।’

संसद्मा आइतबार विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीको प्रस्तुतिलाई पनि दाहालले सहजताका साथ लिएका छैनन् । दाहालनिकट स्रोतका अनुसार आफैं प्रधानमन्त्री भएजस्तो गरेर सरकारका कार्यक्रम र योजनाका विषयमा फेहरिस्त प्रस्तुत गरेकामा प्रधानमन्त्रीले असहज महसुस गरेका छन् । अर्कातर्फ कांग्रेसले माओवादीलाई फकाउन सरकारलाई विश्वासको मत दिनुका साथै राज्यसत्ताका पदमा भएका निर्वाचनमा निर्विरोध छाडिदिने गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदमा आइतबार माओवादीबाट उम्मेदवारी परेपछि कांग्रेसले कसैलाई उठाएन । कांग्रेसका उम्मदेवार नहुँदा सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार उर्मिला अर्याल सर्वसम्मत बन्ने बाटो खुलेको थियो । जबकि कांग्रेसले यसअघि सभामुख र उपसभामुखमा भने उम्मेदवार दिएको थियो । 

सभामुखको तटस्थ र निष्पक्ष भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्न नहुने भनेर विगतमै उम्मेदवार नदिएको कांग्रेसले यस पटक एमालेका उम्मेदवार देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो । उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाविरुद्ध कांग्रेसले मुक्ता यादवलाई उम्मेदवार बनाएको थियो ।

कांग्रेसले प्रदेशमा पनि माओवादीप्रति नरम नीति अपनाएको छ । मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र वाग्मतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिएको थियो भने लुम्बिनी र प्रदेश १ को सभामुखमा माओवादीको उम्मेदवारलाई सघाएको थियो । 

अब राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई माओवादीले समर्थन गरे पुरानै गठबन्धनलाई अघि बढाउने वातवरण निर्माण हुने कांग्रेसका अर्का एक नेताले बताए । ‘गठबन्धनलाई कता लैजाने भन्ने कुरा अब प्रचण्डकै हातमा छ,’ उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending