Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

पुरानो गठबन्धन ब्युँताउने कसरतमा कांग्रेस, राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’

खबरडबली संवाददाता

काठमाडौँ । कांग्रेसले सत्ता गठबन्धनभित्र बढिरहेको कचपचको फाइदा उठाउँदै पुरानो गठबन्धन ब्युँताउने कसरतलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निरन्तरता दिने गरी कांग्रेसले पाँचदलीय गठबन्धन ब्युँताउन खोजिरहेको छ । माओवादी नेताहरू भने अब फेरि कांग्रेस नेतृत्वको गठबन्धनमा जाने/नजाने भन्ने तय राष्ट्रपति निर्वाचनसम्ममा एमालेको भूमिकाले निर्धारण गर्ने बताउँछन् । 

कांग्रेससँगको पाँचदलीय गठबन्धन अचानक भत्काएर प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष दाहालले नयाँ सत्ता समीकरणमा सहज महसुस नगरिरहेको नेताहरू बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुति र सत्ता गठबन्धनको तेस्रो घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारबाट बहिर्गमनका कारण उनलाई थप अप्ठेरोमा पारेको समाचार आजको कान्तिपुर दैनिकमा छ। 

रास्वपाले समर्थन फिर्ता नगरेकाले सरकारलाई तत्काल समस्या छैन । कांग्रेस नेताहरू गठबन्धनका विषयमा आसन्न राष्ट्रपति निर्वाचन ‘टर्निङ प्वाइन्ट’ हुन सक्ने बताउँछन् । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ मा हुँदै छ ।

कांग्रेसका एक शीर्ष नेताले दाहाललाई प्रधानमन्त्री स्वीकार नगर्ने गत पुस १० को कमजोरी सच्याएर अघि बढ्न पार्टी सभापति शेरबहादुर देउवा तयार रहेको र त्यही कारण माओवादीप्रति नरम नीति लिँदै आएको बताए । उनका अनुसार दाहाल नेतृत्वको सरकार कुनै पनि बेला संकटमा परे बिनासर्त काँध थामिदिने सन्देश कांग्रेसले दिइसकेको छ । 

‘यो गठबन्धनबाट संविधानको रक्षा हुने देखिएन । हिजो जुन कारणले वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो, त्यसको औचित्व अझै समाप्त भएको छैन । त्यसैले यो गठबन्धन प्राकृतिक छैन भनेरै हामीले सरकारलाई विश्वासको मत दिएका हौं । यस्तै घटनाक्रमले कुनै पनि बेला गठबन्धन बदलिन सक्छ,’ उनले भने ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने कांग्रेसले चाहेजस्तो गठबन्धन बदल्न तत्काल सम्भव नहुने बताए । ‘अहिल्यै गठबन्धन बदल्ने कुरा हुन्न । आज एउटा, भोलि अर्को गठबन्धन गर्दा राम्रो सन्देश जाँदैन । राजनीतिक रूपमा उचित पनि देखिँदैन,’ उनले भने, ‘भोलि कांग्रेससँग सहकार्य कस्तो हुने भन्नेमा एमालेको व्यवहारले निर्धारण गर्छ । अहिले गठबन्धनमा देखिएका समस्यालाई हल गरेर अघि बढ्नुपर्छ भन्ने मान्यतामा छौं ।’ उनले रास्वपाले सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएकाले सरकार संकटमा नपरेको बताए । ‘तर, सरकारले काम सुरु गरिरहेका बेला यो घटनाले राम्रो सन्देश पक्कै दिएको छैन,’ उनले भने ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सत्ता गठबन्धनको आन्तरिक मामिलामा कांग्रेसले पर्खने र हेर्नेबाहेक केही नगर्ने बताउँछन् । ‘सरकार भर्खरै गठन भएको छ । सरकार कसरी अघि बढ्छ, हेर्दै छौं । अहिलेकै घटनाले के हुन्छ, यसै भन्न सकिन्न । सरकार सञ्चालनमा विभिन्न आरोह–अवरोह हुन्छन् । हरेक घटनाक्रमलाई संयमतापूर्वक हेर्नुपर्छ,’ उनले भने, ‘सत्ता गठबन्धनमा समस्या आयो भन्दैमा सरकारमा जाने कुरा कांग्रेसले गर्दैन । हामी हिजो पनि प्रतिपक्षमा थियौं, आज पनि छौं र भोलि पनि प्रतिपक्षमै रहन्छौं । गठबन्धनमा केही घटना हुनासाथ पृथक् ढंगले सोचिहाल्नहुन्न ।’

वर्तमान गठबन्धन लामो समयसम्म जान्छ भन्नेमा प्रधानमन्त्री दाहाल विश्वस्त देखिँदैनन् । त्यसै कारण एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रप्रति पनि दाहाल सकारात्मक छैनन् । रास्वपाले गृह मन्त्रालयमा दाबी गरेपछि समाधान निकाल्न ओलीले संयन्त्रको बैठक राख्न खोजेका थिए तर दाहालको अनिच्छाका कारण बैठक बस्न सकेन । 

कुनै पनि बेला संकटमा पर्न सकिने बुझेरै दाहालले राष्ट्रपति निर्वाचनमा वैकल्पिक गठबन्धन गर्न सकिने विषयमा कांग्रेस नेताहरूसँग अनौपचारिक संवाद गरिरहेका छन् । कांग्रेस नेताहरू पनि पुस १० को घटनालाई बिर्सेर दाहाललाई राजनीतिक विश्वास दिलाउन खोजिरहेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशरण महत अब दुवै दलका लागि विश्वासको मुख्य आधार राष्ट्रपतिको निर्वाचन हुन सक्ने बताउँछन् । ‘सरकारका विषयमा अहिले धेरै सोचेका छैनौं । अहिले हाम्रो लक्ष्य राष्ट्रपतिमा छ । सरकारका विषयमा पनि प्रधानमन्त्री कस्तो सोचका साथ आउनुहुन्छ, त्यसमा धेरै निर्भर हुन्छ । संविधान सुरक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको थियो । 

यही मुद्दामा स्वार्थको द्वन्द्व बढेर एमालेसँग नमिल्ने अवस्था आयो भने कांग्रेसले साथ दिने कुरा छँदै छ,’ उनले भने, ‘मुख्य परीक्षण राष्ट्रपति निर्वाचनमा हुन्छ । त्यतिबेला प्रधानमन्त्रीलाई संकटमा पार्ने कोसिस भयो भने कांग्रेसले आफ्नो दृष्टिकोण सार्वजनिक गर्छ ।’

संसद्मा आइतबार विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीको प्रस्तुतिलाई पनि दाहालले सहजताका साथ लिएका छैनन् । दाहालनिकट स्रोतका अनुसार आफैं प्रधानमन्त्री भएजस्तो गरेर सरकारका कार्यक्रम र योजनाका विषयमा फेहरिस्त प्रस्तुत गरेकामा प्रधानमन्त्रीले असहज महसुस गरेका छन् । अर्कातर्फ कांग्रेसले माओवादीलाई फकाउन सरकारलाई विश्वासको मत दिनुका साथै राज्यसत्ताका पदमा भएका निर्वाचनमा निर्विरोध छाडिदिने गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्ष पदमा आइतबार माओवादीबाट उम्मेदवारी परेपछि कांग्रेसले कसैलाई उठाएन । कांग्रेसका उम्मदेवार नहुँदा सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार उर्मिला अर्याल सर्वसम्मत बन्ने बाटो खुलेको थियो । जबकि कांग्रेसले यसअघि सभामुख र उपसभामुखमा भने उम्मेदवार दिएको थियो । 

सभामुखको तटस्थ र निष्पक्ष भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्न नहुने भनेर विगतमै उम्मेदवार नदिएको कांग्रेसले यस पटक एमालेका उम्मेदवार देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो । उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानाविरुद्ध कांग्रेसले मुक्ता यादवलाई उम्मेदवार बनाएको थियो ।

कांग्रेसले प्रदेशमा पनि माओवादीप्रति नरम नीति अपनाएको छ । मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र वाग्मतीमा माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिएको थियो भने लुम्बिनी र प्रदेश १ को सभामुखमा माओवादीको उम्मेदवारलाई सघाएको थियो । 

अब राष्ट्रपतिमा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई माओवादीले समर्थन गरे पुरानै गठबन्धनलाई अघि बढाउने वातवरण निर्माण हुने कांग्रेसका अर्का एक नेताले बताए । ‘गठबन्धनलाई कता लैजाने भन्ने कुरा अब प्रचण्डकै हातमा छ,’ उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending