Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि उठेका पाँच प्रश्न र तिनका उत्तर

खबरडबली संवाददाता

काठमाडौं । सौर्य एअरलाइन्सको एउटा विमान बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेर १८ जनाको ज्यान गएपछि उक्त घटनासँग सम्बन्धित विभिन्न प्रश्नहरू उठेका छन्।

जमिन छाडेको केही क्षणमै दुर्घटनामा परेको उक्त जहाज नियमित उडानका क्रममा नभएकाले पनि कतिपयले "विमान कम्पनी र नियामक दुवैले लापरबाही गरेको हुन सक्ने" आशङ्का व्यक्त गरेको देखिन्छ।

''सी-चेक' भनिने नियमित रूपमा गरिने विस्तृत परीक्षण गर्न जान उडेको भनिएको उक्त जहाजले हवाई तथा उड्डयनसम्बन्धी प्रचलित नियमहरू पालन नगरेको देखिएको केही विज्ञहरूले औँल्याएका छन्।

बीबीसीले कुराकानी गरेका केही अधिकारीहरूले पनि त्यसलाई अस्वीकार गरेका छैनन्। त्यस सम्बन्धमा सोधेको प्रश्नमा विमान सेवा सञ्चालक सौर्य एअरलाइन्सका एक अधिकारीले चाहिँ सबै "सबै प्राविधिकहरू नै पठाइएको तर बाध्यताले एक बालकलाई राख्नुपरेको" प्रतिक्रिया दिएका छन्।

१. परीक्षणका लागि उडेको विमानमा महिला र बालक कसरी चढे?

'सी-चेक' अर्थात् विस्तृत परीक्षणका लागि जान लागेको विमानमा प्राविधिकहरूबाहेक असम्बन्धित यात्रु हुनु हवाई तथा उड्डयन नियम तथा अभ्यासविपरीत भएको जानकारहरू बताउँछन्।

हवाई तथा उड्डयनविज्ञ कुमार चालिसेले प्रश्न गरे, "यो जहाज पोखरा इन्जिन चेक जाँदै थियो रे! इन्जिन चेक गर्न १७ जना प्राविधिकलाई लिएर जानुपर्छ?" उनले नेपाल नागरिक उड्डयन प्राधिकरण पनि यो "नियमनका मामिलामा चुकेको" दाबी गरे।

"प्राधिकरणको ध्यान नियमनभन्दा निर्माणतर्फ गएको देखिएको छ।" प्राधिकरणले सेवा प्रदायक र नियामक निकाय दुवैको भूमिका निर्वाह गर्दै आएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उक्त जहाजले तालिकानुसार नियमित रूपमा गर्नुपर्ने जाँचमा जानका लागि उडान अनुमति लिएको थियो।

सौर्य एअरलाइन्सले पोखरास्थित नयाँ विमानस्थल हातामा रहेको 'ह्याङर' एक महिनाका लागि भाडामा लिएर आफ्नो विमानको 'सी-चेक' गर्न जाने अनुमति लिएको उनले बताए। त्यस्तो उडानलाई 'फेरी उडान' भन्ने गरिन्छ।

"फेरी उडानमा पाइलट र आवश्यक प्राविधिकबाहेक अन्यलाई उडाउन पाइँदैन र हामीले त्यसअनुसार अनुमति पनि दिएका छैनौँ," उनले भने।

नागरिक उड्ड्यन नियमावलीको नियम ५९ ले पनि "अनुमति दिएको उडानबाहेक अन्य उडान गर्न नहुने" व्यवस्था गरेको छ।

सी-चेकका लागि जाने विमानमा किन धेरै मानिसहरू चढेका थिए प्रश्नमा भुलले भने, "हामीले कति सङ्ख्या भनेर तोक्ने कुरा हुँदैन। पचास सीटको जहाजमा १७ जना जानुलाई प्रश्न गर्ने ठाउँ होइन तर असम्बन्धित व्यक्ति गए भन्ने प्रश्न हो।"

भुलका अनुसार विमानसेवा कम्पनीले माग गरेपछि प्राधिकरणले अनुमति दिने र त्यसका आधारमा एउटा पत्र विमानस्थलमा बुझाएपछि उनीहरूलाई जान दिने गरिएको भुलले बताए।

उनले भने, "त्यसरी जाँदा हामीले कोको गए भनेर हेर्ने भन्ने हुँदैन। नियममै भएको व्यवस्थाअनुसार उहाँहरूले गर्नुभयो भन्ने हुन्छ।"

"एअर ट्राफिक कन्ट्रोलरले कतिजना यात्रु भनेर सोध्नेसम्मको ठाउँ हुन्छ। तर त्यसरी सोध्दा पनि पाइलटले 'सबै प्राविधिक हुन्' भनेपछि केही गर्न सक्ने अवस्था रहँदैन।"

यद्यपि उक्त जहाजमा एक बालक पनि परेको देखिएपछि उडान सुरक्षामा कतै न कतै त्रुटि भएको र त्यसमा सुधार गर्नुपर्ने देखिन गएको उनले स्वीकार गरेका छन्।

सौर्य एअरलाइन्सको स्पष्टीकरण

सौर्य एअरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले उक्त विमान नियमित जाँचका लागि जान लागेको तर त्यसका लागि पनि ११९ घण्टाभन्दा बढी उडान समय बाँकी नै रहेको बताए।

"यो जहाज बिग्रिएर मर्मतका लागि लैजान लागेको होइन। उत्पादक र नियामकको नियमानुसार हामीले सी-चेकका लागि पठाउँदै थियौँ," उनले भने

"त्यसमा सबै नै प्राविधिकहरू हुनुहुन्थ्यो। एकजना प्राविधिकको श्रीमती र छोरा गएको विषयमा प्रश्न उठाइएको छ, तर उहाँको श्रीमती पनि हाम्रो प्राविधिक विभागमा 'पार्टटाइम' कर्मचारी हुनुहुन्थ्यो।"

"श्रीमान् र श्रीमती दुवै जना जानुपर्ने अवस्थामा उहाँहरूको छोरो हेरिदिने मान्छे नहुँदा अनुमति माग्नुभयो, हामीले त्यसलाई स्वीकार गरेका हौँ।"

यद्यपि त्यसरी अन्य व्यक्तिलाई लैजानुपरेमा प्राधिकरणबाट पूर्वसहमति लिनुपर्ने अधिकारीहरू बताउँछन्।

२. दुर्घटनाको कारण के हो?

उडेको केही क्षणमै उक्त विमान धावनमार्गनजिकै बज्रिए र डिलमुनि खसेको थियो। दुई टुक्रा भएको विमानको भग्नावशेषमा तत्काल आगो लागेको थियो।

बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन र यसबारे विस्तृत जाँच गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको नेतृत्वमा छानबिन आयोग गठन गरेको छ। उक्त आयोगलाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिने सुझाव ४५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

सोही आयोगले दुर्घटनाको कारणबारे पनि विस्तृत रूपमा अध्ययन गर्ने प्राधिकरणका सूचना अधिकारी भुलले बताए।

"उड्डयन क्षेत्रमा हवाई घटना, गम्भीर हवाई घटना र दुर्घटना हुने गर्छन्। तीमध्ये हवाई घटनामा सामान्य खालका नियम मिच्नेलगायतका घटना हुन्छन्। ती घटनाको छानबिन हामीले गर्न पाउँछौँ तर गम्भीर हवाई घटना र दुर्घटनाको जाँच मन्त्रिपरिषद्‌को निर्णयानुसार गठन हुने आयोगहरूले गर्छन्," उनले भने।

"त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जहाजको 'ब्ल्याकबक्स' सङ्कलन गरेर राखेको छ। अब त्यो आयोगलाई हस्तान्तरण हुन्छ र उसैले कारण पत्ता लगाउँछ।"

यद्यपि नेपाल वायुसेवा निगमका एक सेवानिवृत्त क्याप्टेन वाईके भट्टराईले उक्त दुर्घटनाको कारण "मानवीय त्रुटि हुन सक्ने" बताए।

"जहाज राम्रै छ भन्ने बुझिन्छ। त्यसमा इन्जिनियरहरू र प्राविधिकहरू पनि बसेका छन्। जहाज जाँच गर्ने मानिसहरू त्यो सुरक्षित छ भनेर नै बसेका होलान् नत्र उनीहरू असुरक्षित जहाजमा यात्रा गर्दैन थिए," भट्टराईले भने, "त्यस आधारमा हेर्दा यसको कारण कुनै मानवीय त्रुटि नै हुन सक्छ।"

उनले ५० सीट क्षमताको उक्त जहाजमा आधाभन्दा पनि कम यात्रु रहेको र त्यसको "सन्तुलन बिग्रिएको" पनि हुन सक्ने सङ्केत गरे।

त्यस्तै जहाजले जमिन छाड्ने बेलामा "लिनुपर्नेजति गति नलिएको" पनि हुन सक्ने उनले बताए। यद्यपि उक्त जहाज दुर्घटनाको कारण विस्तृत अनुसन्धानपछि मात्र थाहा हुने विज्ञहरूको भनाइ छ।

३. मृतकका परिवारले बीमा रकम पाउँछन् कि पाउँदैनन्?

कतिपयले 'सी-चेक'का लागि जाँदै गरेको विमानमा चढेका व्यक्तिहरूका परिवारले बीमा रकम पाउँछन् कि पाउँदैनन् भनेर पनि चासो व्यक्त गरेका छन्। सरकारी अधिकारीहरूले त्यसबारे चाहिँ कम्पनी आफैँले बताउन सक्ने बताएका छन्।

सौर्य एअरलाइन्सका उपमहाप्रबन्धक आचार्यका अनुसार यस्तो उडानमा रहेका व्यक्तिहरूले पनि बीमा रकम पाउँछन्।

"हामीले प्राविधिकहरू नै पठाएका हौँ। एक बालकलाई पठाउनुपर्ने अवस्था किन आयो पनि खुलाइसकेका छौँ। नियमित प्रक्रियाअन्तर्गत नै हामी बीमा रकम दाबी गर्छौँ," उनले भने।

"बीमाका लागि नियमित उडान र यसमा फरक गर्ने भन्ने विषय हुँदैन र त्यस्तो हुनु पनि हुँदैन।"

यद्यपि उक्त कम्पनीले सबैका लागि बीमा रकम दाबी गरेपछि बीमा कम्पनीले दाबी भुक्तानी गर्छ कि गर्दैन भन्ने स्पष्ट भन्न सकिने अवस्था छैन।

४. शव कस्तो स्थितिमा थिए, कहिले हस्तान्तरण हुन्छ?

बुधवारको दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारका सदस्यहरूले मृतकको शव कुरिरहेका छन्। ती शवको अहिले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षण हुँदै छ।

उक्त अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीका अनुसार बिहीवार दिउँसोसम्म १८ वटामध्ये १२ शवको पोस्टमोर्टम गरिसकिएको छ।

अधिकांश शव चिन्न नसकिने अवस्थामा रहेका तर आफन्तहरूले ती शवहरू पहिचान गरेको बताइएको छ।

चौधरीले भने, "दुइटा शवको चाहिँ डीएनए परीक्षण गर्नुपर्ने जस्तो देखिएको छ। ती शवहरूको डीएनए परीक्षण नगरी पहिचान हुने अवस्था आएमा शुक्रवारसम्ममा शवहरू हस्तान्तरण हुने छन्।"

डीएनए परीक्षण गर्नुपर्ने अवस्था भएमा समय बढी लाग्न सक्ने चौधरीले बताए।

५. के दुर्घटनामा अरू मान्छे पनि परेका हुन्?

विमान दुर्घटना हुँदा धावनमार्गनजिकै भएका केही मानिस पनि परेको अपुष्ट कुराले चर्चा पाएको देखिन्छ।

यद्यपि घटनास्थलमा खटेका प्रहरी तथा उद्धारकर्मीहरूले विमानमा भएका मानिसबाहेक अरू कोही पनि हताहत नभएको जनाएका छन्।

नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीका अनुसार घटनास्थलमा १८ जनाको शव फेला परेका थिए भने एक जनालाई जीवितै उद्धार गरिएको थियो।

दुर्घटनापछि विमानको अगाडिको भाग टुक्रिएर एउटा कन्टेनरमा जोतिएको थियो।

प्रहरीले त्यहीँबाट विमानका क्याप्टेन मनीषरत्न शाक्यलाई उद्धार गरेको बताएको छ। उद्धार गर्दा खिचिएको तस्बिरमा उनको अनुहार रगतपच्छे देखिन्छ।

उद्धारकर्मीहरूले उनलाई थेगेर बाहिर निकालेका थिए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending