Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

ध्यान पुगेन माओवादी छापामार हिड्ने ‘गुरिल्ला पदमार्ग’ प्रवर्दनमा

रासस

पदमार्गमा १० वर्षे द्वन्दमा प्रयोग भएका बाटा, सेल्टर, तालिम केन्द्र, कब्जा गरिएका चौकी साथै मगर संस्कृतिको अवालेकन गर्न सकिन्छ । मुख्य आकर्षक क्षेत्र भने जलजला र बागलुङको ढोरपाटन शिकार आरक्षण भएको पदयात्रीले अनुभव छ । म्याग्दीबाट थालिने पदयात्रा अन्त्यसम्

काठमाडौं । सशस्त्र द्वन्दमा माओवादी छापामारले बढी प्रयोग गरिएको पदमार्गलाई २०७२ सालमा ‘गुरिल्ला पदमार्ग’  नामकरण गरियो । दश वर्षे सशस्त्र द्वन्दको उद्गमस्थल रोल्पा, रुकुमबाट माओवादी छापामारले प्रयोग गरेको बाटोलाई प्रवद्र्धन गर्दे एउटा द्वन्द्व पर्यटनमैत्री पदमार्ग बनाउने उद्देश्यका साथ सो पदमार्गको नामकरण गरेपनि पदमार्ग प्रवद्र्धनमा कसैको ध्यान जान सकेको छैन । बागलुङ, म्याग्दी, रोल्पा, रुकुम र सुर्खेत जिल्लालाई समेटिएको पदमार्ग घोषणाको सात वर्ष बित्दासमेत पूर्वाधारमा फड्को मार्न सकेको छैन । 

भेडा चराउने गोठालाको बाटोमा द्वन्द्वको क्रममा छापामार हिँड्ने, हातहतियार बोक्ने, शहीद र घाइतेको उद्धार गर्न प्रयोग गरिएको बाटो शान्ति सम्झौतापश्चात्  एकीकृत विकास गर्न गुरिल्ला पदमार्ग घोषणा गरियो । पदमार्गमा पर्ने केही स्थानीय तहले सामान्य पूर्वाधारको कामबाहेक अन्य केही काम नगरेकाले प्रचलनमा आउन नसकेको ३५ दिन लगाएर यात्रा गर्नुभएका पोखराका दिवस गुरुङले गुनासो गर्नुभयो । उहाँले केही स्थानमा पदमार्ग मेटिँदै गएको दुखेसो गर्नुभयो । उहाँले नक्सामा देखिएको पदमार्ग पूर्वाधारको अभावमा मेटिदै गएको छ भन्नुहुन्छ । गाउँ तथा सहरसँग जोडिएको स्थानमा पदमार्गको नामकरण, सामान्य रेलिङ बनेपनि जङ्गल र दुर्गम स्थानमा काम नभएको उहाँको अनुभव छ । 

“सरकार तथा पर्यटनसँग आबद्ध संस्थाले प्रचारप्रसारमा बढी ध्यान पु¥याउनुहुन्छ, बाटाघाटा, पदमार्गमा पूर्वाधार विकास, खानेपानीलगायत विभिन्न पुर्वाधार विकास गरिनुपर्छ”, यात्राको अनुभव सुनाउँदै गुरुङले भन्नुभयो, “द्वन्द्वकालसँग जोडिएका विगतका इतिहासलाई संरक्षण गर्दै त्यतिबेला प्रयोगमा आएका सेल्टर, हातहतियारलगायत विविध सामग्रीलाई संरक्षण गर्नु आवश्यक छ ।”
गुरिल्ला पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्ष, जलजलाजस्ता विविध प्राकृतिक सम्पदाले भरिपूर्णस्थल संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताइएको छ । पदमार्गका लागि आवश्यक सूचना बोर्ड छैन । त्यसैले त्यहाँ पुग्ने पर्यटक हराउने गरेकाले मख्य काम सूचना बोर्ड राख्न आवश्यक देखिएको पदमार्गमा यात्रा गर्न रुचाउने बागलुङका स्थानीय मनिष रायमाझीले बताउनुभयो ।

रायमाझीसहित चार युवाको समूहले १४ दिनमा सो पदयात्रा गरको थियो । रायमाझीले सूचना बोर्ड नहुँदा बागलुङको ढोरपाटनस्थित फागुने धुरै हुँदै ठाुकर पुग्नै समस्या भएको सुनाउनुभयो । ढोरपाटन शिकार आरक्ष क्षेत्र सकिएपछि पदमार्गमा समस्या नभएको उहाँको भनाइ छ ।  “प्रकृतिको सुन्दरता बिगार्न हुँदैन, प्रचारको अभावमा उक्त क्षेत्रमा विरलै पदयात्री हिँड्छन्, घना जङ्गल र नदी नाला तर्दे जानु यात्रा निकै कठिन छ”, रायमाझीले भन्नुभयो। रायमाझीसहित सुवास केसी, राहुल पाण्डे र राजीव थापाले सो पदमार्गमा यात्रा गर्दा निकै आनन्द लागेको सुनाउनुभयो । 

ढोरपाटनको बुँकी, फागुने, पूर्वी रुकुम, ठाकुर, पेल्मा, माईकोट, पूर्व रुकुमको टक्सेरा गाउँ, लुकुम, रोल्पाको थवाङ, जेल्बाङ, सकुल्वाङ हुँदै लिवाङलगायताई समेटिएको पदमार्गलाई प्रवद्र्धन गर्न सरोकारवालाले विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । ढोरपाटन शिकार आरक्ष फैलिएको बागलुङ, म्याग्दी र पूर्वी रुकुमलाई छिचोलेर जाने गुरिल्ला पदमार्गमा केही सूचना बोर्ड राखे पनि थप सूचना बोर्ड राख्न आवश्यक देखिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिृकत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो । 

नामकरणको आठ वर्ष पुग्नै लाग्दा उक्त पदमार्ग चर्चामा आउन नुसक्नु, ढोरपाटन शिकास आरक्षमा आएका विदेशी पर्यटक उक्त पदमार्गप्रति आकर्षित हुन नसकेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीले बताउनुभयो । यो पदमार्ग सरकारको प्राथमिकतामा नपरेको उहाँको गुनासो छ । “पदमार्ग विकासका लागि रोल्पा रुकुमलेनै बढी जोड दिन आवश्यक छ, माओवादीको आधार इलाकाबाट थुप्रै नेत्रा मन्त्री बने तर गुरिल्ला पदमार्ग न बजेटमा आयो नत नीति तथा कार्यक्रममा”, केसीले भन्नुभयो । 

पदमार्गमा १० वर्षे द्वन्दमा प्रयोग भएका बाटा, सेल्टर, तालिम केन्द्र, कब्जा गरिएका चौकी साथै मगर संस्कृतिको अवालेकन गर्न सकिन्छ । मुख्य आकर्षक क्षेत्र भने जलजला र बागलुङको ढोरपाटन शिकार आरक्षण भएको पदयात्रीले अनुभव छ । म्याग्दीबाट थालिने पदयात्रा अन्त्यसम्म पुग्न २१ दिन, ढोरपाटनबाट १४ र  रोल्पाबाट यात्रा गर्दा १० दिनमै सकिन्छ । 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies