बैतडी । दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ ।
जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठका अनुसार चिकित्सक कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको छ ।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरिएको हो । पालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगसम्बन्धीका चिकित्सकले सेवा दिएका छन् । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, ‘अल्ट्रासाउण्ड’ सेवा, इसिजी सेवालगायत विशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको थियो ।
यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवालगायतका स्वास्थ्य सेवा पनि शिविरमा सञ्चालन गरिएको हो । यसका साथै सामान्य जाँचका साथै विशेषज्ञ सेवा पनि दिने गरिएको छ ।
शिविरबाट पाँच सय बढी नागरिक लाभान्वित भएका डा श्रेष्ठले बताए। उनले भने, “अस्पतालको पहुँचभन्दा टाढा तथा दुर्गममा रहेका नागरिकलाई लक्षित गरेर गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन भइरहेको छ । गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले हामीले गाउँघर चिकित्सक कार्यक्रम सञ्चालन गरिएको र यसबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।”
छिट्टै जिल्लाको सिगास गाउँपालिकाको गाजरीमा समेत शिविर सञ्चालन गर्ने तयारी रहेको जिल्ला अस्पतालले जनाएको छ । यसमा साथै जिल्ला अन्य पालिकाका पनि स्वास्थ्य शिविर सञ्चालन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १३:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...
जेष्ठ १८ गते, २०८३ - १३:२४
घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...
जेष्ठ १८ गते, २०८३ - १३:१६
डडेल्धुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित महाकाली ...
जेष्ठ १८ गते, २०८३ - १३:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)क...
जेष्ठ १८ गते, २०८३ - ११:३६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ। बै...
जेष्ठ १८ गते, २०८३ - १०:४८
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आज ब...
जेष्ठ १८ गते, २०८३ - १०:३९
मुस्ताङ। चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजा...
जेष्ठ १८ गते, २०८३ - १०:२५
नेपालगन्ज। बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यल...
जेष्ठ १८ गते, २०८३ - १०:१३
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको ...
जेष्ठ १८ गते, २०८३ - १०:०१
बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदे...



प्रतिकृया लेख्नुहोस्: