Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन विपक्षी दलहरू एकमत

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग प्रतिनिधिसभामा उठाउने निर्णय गरेका हुन्।

यस विषयमा रणनीति तय गर्न विपक्षी दलहरूको बैठक सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुसीबु ओली तथा श्रम संस्कृति पार्टीका आरेन राईलगायत सहभागी छन्। साथै एमालेकी उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राईसहित अन्य नेताहरू पनि बैठकमा उपस्थित छन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै नेपाल–भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी छलफलमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। सो क्रममा उनले भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको हुन सक्ने आशयको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले यसलाई राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषय भन्दै संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्। उनीहरूले यो विषयलाई संसद्मा औपचारिक रूपमा उठाउने तयारी गरेका छन्।

विपक्षी दलहरूले भने कार्यसूचीमा प्रवेश गर्नुअघि नै प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउनुपर्ने माग उठाउने तयारी गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध भएपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठकको क्रममा विभिन्न दलका स...

प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन विपक्षी दलहरू एकमत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते

घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...

महाकालीमा जवानसहित दुई जनाको शव फेला

डडेल्धुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित महाकाली ...

पाँचदिने भ्रमणका लागि रवि लामिछाने भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)क...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ। बै...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आज ब...

चारदिने विदामा ३५ हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगे

मुस्ताङ। चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजा...

नेपालगन्जमा गर्मी बढ्यो, पानी व्यवस्थापन अभियान सुरु

नेपालगन्ज। बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यल...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका  विद्युतीय सवारीसाधन आयात भएका छन् ।  गत आवको १० महिनाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending