Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

चारदिने विदामा ३५ हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगे

खबरडबली संवाददाता

मुस्ताङ। चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजार ३० पर्यटक पुगेको सीमा प्रहरी चौकी घाँसाको अभिलेखमा उल्लेख छ । लामो विदामा छिमेकी जिल्ला म्याग्दी तथा देशभरबाट पर्यटकको भिड लागेपछि मुस्ताङका होटलहरू खचाखच भरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सार्वजनिक विदामा बिहीबार सात हजार ८२७ जना, शुक्रबार नौ हजार ८० जना, शनिबार ६ हजार ५ जना र आइतबार ६ हजार ६५१ जना सडक सञ्जालमार्फत भित्रिएका थिए ।

सार्वजनिक विदाका तीन दिनसम्म प्रतिकूल मौसमका कारण हवाई उडान हुन सकेन । तर आइतबार पोखराबाट हवाई मार्ग हुँदै ८१ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको प्रहरी निरीक्षक बस्यालले बताए।

उनले भने, “विदामा पर्यटकको आगमन उच्च हुने गरेको छ, पर्यटकलाई सहज हुने गरी सडकमा नियमित गस्ती बढाउने गरिन्छ । मुस्ताङमा भित्रिने स्वदेशी पर्यटक घाँसादेखि चीनको सिमाना कोरलासम्म पुग्ने भएकाले माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या न्यूनीकरण गर्न सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ ।”

मुस्ताङ घुम्न आउने अधिकांश पर्यटक धार्मिक स्थल मुक्तिनाथ मन्दिर पुग्ने गरेका छन् भने मोटरसाइकल र अन्य सवारीसाधनमार्फत कोरला नाकासम्म पुगेर फर्किने गरेका छन् । सार्वजनिक विदाका दिन मुक्तिनाथ मन्दिरमा तीर्थालुको चाप व्यवस्थापनमा समेत कठिनाइ भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कर्मचारी दिनेश भुषालले जानकारी दिए।

मुक्तिनाथ मन्दिरमा विदा बाहेकका समयमा पनि दैनिक तीन हजारभन्दा बढी तीर्थालु आउने गरेका छन् । मुस्ताङ घुम्न जाने नेपाली पर्यटकको बसाइ दुईदेखि तीन दिनसम्म हुने गरेको छ ।

पोखरा–बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दी, बागलुङ र पर्वत जिल्लाका होटल तथा रेस्टुरेन्टमा समेत आर्थिक कारोबार बढेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले बताए। उक्त सडकखण्डको म्याग्दी क्षेत्रमा बाढीपहिरोका कारण पर्यटकले सास्ती भोग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानव निर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङी कला र संस्कृति तथा अनुकूल हावापानी मुस्ताङका प्रमुख पर्यटकीय आकर्षण मानिन्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending