Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण

खबरडबली संवाददाता

काठमाडौ । सरकारले चालु आर्थिक वर्ष २०७९र८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । 

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म रू ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ ।

चालु आवका लागि सरकारले रू दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो । तर गत पुस मसान्तसम्ममा सरकारले रू ३० अर्ब बराबर मात्रै आन्तरिक ऋण उठाएको छ । यो अवधिमा संघीय सरकारले लिएको आन्तरिक ऋणमध्ये रू १५ अर्बको एक वर्षे ट्रेजरी बिल, रू आठ अर्बको दुई वर्षे विकास ऋणपत्र, रू दुई अर्बको तीनवर्षे विकास ऋणपत्र र रू पाँच अर्बको चारवर्षे ऋणपत्र जारी भएका छन् । सोही अवधिमा सरकारले तिरेको आन्तरिक ऋणको साँवा ब्याज भने रू ८३ अर्ब तीन करोड बराबर छ ।

चालु आवका लागि रू ५५ अर्ब ४५ करोड ८३ लाख बराबर अनुदान र रू दुई खर्ब ४२ अर्ब बराबर बाह्य ऋण लिने सरकारको योजना थियो । 

गत पुस मसान्तसम्म सरकारले लिएको वैदेशिक अनुदानको वास्तविक प्राप्ति भने रू आठ अर्ब १२ करोड र कुल वैदेशिक ऋण २६ अर्ब ४६ करोड बराबर छ । तर सोही अवधिमा विभिन्न दातृ निकायले अनुदान सहायतातर्फ रू २३ अर्ब १२ करोड १० लाख र सहुलियतपूर्ण ऋणतर्फ रू एक खर्ब १४ अर्ब बराबर प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

विकास पूर्वाधार आयोजनाको कार्यान्वयन प्रभावकारी हुन नसक्दा वैदेशिक अनुदान र ऋण लक्ष्यअनुसार लिन नसकिएको अर्थ मन्त्रालयले जनाएको छ । 

“कमजोर आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण वैदेशिक सहायतामा सञ्चालित आयोजना कार्यान्वनयमा सुस्तता आई पुँजीगत खर्च न्यून हुन गएकाले त्यसको प्रभाव विकास साझेदारले गर्ने सोझै भर्ना तथा शोधभर्ना रकममा पर्न गएको रसमीक्षा अवधिमा वैदेशिक सहायता परिचालन न्यून भएको हो”, बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा भनिएको छ ।

चालु आवको पहिलो तीन महिनासम्म नेपालको कुल सार्वजनिक ऋण रू २० खर्ब सात अर्ब ८४ करोड बराबर छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो तीन महिनाको प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको देखिन्छ । गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब २९ करोड थियो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पहिलो तीन महिनामा नेपालको कुल बाह्य ऋण रू १० खर्ब ५० अर्ब २३ करोड छ भने आन्तरिक ऋण रू नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर छ । यो आँकडा गत असार मसान्तसम्मको ऋणको अवस्थासँग तुलना गर्दा बाह्य ऋण रू २४ अर्ब ३८ करोडले बढेको र आन्तरिक ऋण रू २९ अर्ब ८३ करोडले घटेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन विपक्षी दलहरू एकमत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु, आमा घाइते

घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...

महाकालीमा जवानसहित दुई जनाको शव फेला

डडेल्धुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित महाकाली ...

पाँचदिने भ्रमणका लागि रवि लामिछाने भारत प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)क...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ। बै...

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आज ब...

चारदिने विदामा ३५ हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगे

मुस्ताङ। चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजा...

नेपालगन्जमा गर्मी बढ्यो, पानी व्यवस्थापन अभियान सुरु

नेपालगन्ज। बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यल...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका  विद्युतीय सवारीसाधन आयात भएका छन् ।  गत आवको १० महिनाको ...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।  प्रदे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending