Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल

खबरडबली संवाददाता

पाल्पा । आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् । 

प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।
       
आजका दिन पाल्पाको पर्यटकीय रानीमहल पनि यस्तै प्रेमजोडीको रोजाइमा पर्छ । कालीगण्डकी नदीमाथि चट्टानसहित बनेको रानीमहल दरबारमा प्रणय दिवसमा पुग्ने कैयौँ प्रेमजोडी भेटिन्छन् आज । यो दिन अन्य दिनको तुलनामा धेरैजसो जोडी बनेर पुग्ने गर्दछन् । वर्षको एक दिन भेटघाट गर्ने, घुमघाम गर्ने र मायाप्रेम साटासाट गर्ने समय निकालेरै रानीमहलमा प्रेमीप्रेमिकाहरु जाने गरेका छन् ।

पाल्पा र स्याङ्जाको सिमानामा पर्ने सुन्दर रानीमहल दरबार र यहाँको मनोरम वातावरणका कारण पनि प्रमिल जोडी आकर्षित हुने गरेका छन् । यस्ता जोडीहरुले चिटिक्क परेको सुन्दर रानीमहल दरबार र सोही दरबारसँग जोडिएको पवित्र कालीगण्डकी नदीलाई साक्षी राखेर मायाप्रेमका कुरा गर्ने गर्दछन् । यहाँ आउने प्रेम जोडीहरुले प्रेम प्रस्ताव गर्ने, गुलाबको फूल एवं विभिन्न उपहार दिएर मायामा रमाउने गरेका हुन्छन् ।

रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फूल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए । नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमितिमार्फत युगल जोडीहरुको भव्य स्वागतको तयारी गरेको छ । 

यस दरबारमा आजका दिनमात्र नभएर बिदाको दिन घुम्न आउने पर्यटकको चहलपहल पनि बढ्दै गएको यस रानीमहलका कर्मचारी विष्णुबहादुर थापा बताउन्छन्। पहिला निःशुल्क अवलोकन गर्ने व्यवस्था रहेकामा अहिले भने रु ५० प्रवेश शुल्क कायम गरिएको छ । 

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ रानीमहल । करिब ११ रोपनी क्षेत्रफलमा रहेको योे रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जलशेचन गरिरहेको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधानसेनापति खड्गशमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमुनाले सिङ्गारेर बनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending