Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

८२ लाख मूल्य बराबरको बियर बरामद

खबरडबली संवाददाता

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।

बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनका अनुसार मङ्गलबार काठमाडौँको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।

यस्तै, बुधबार सिनामङ्गलमा रहेको संस्कार टे«डर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरेको थियोे । उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ ।

यस्तैगरी, बुधबार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्राण्डका तीन सय दुई कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।

‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तैगरी, विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

सप्तरी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हु...

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सि खा...

नेपाली साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएको छन् । राष्ट्रकवि ...

साफ यु–१७ फुटबल : श्रीलङ्कामाथि नेपालको सहज जित

काठमाडौँ । नेपालले भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलङ्कामाथि सहज जित निकालेको छ । भुटानको चाङ्लिमिथाङ स्टेडियममा सोमबार भएक...

सांसदहरु उपस्थित नभएपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ। संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । सोमबार श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम पारित गर्ने वा अस्वीकार गर्ने भ...

सहकारीको रकम अपचलन प्रकरण : छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतले ...

सरकारलाई घेराबन्दी गर्ने प्रयास भयो : महासचिव पोखरेल

देउखुरी। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुख्य दुई दल मिलेर बनेको सरकारलाई घेराबन्दी गर्ने प्रयास भइरहेको बताएको छन् । दाङको लमहीमा एमालेको लम...

कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति रबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् । गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त ...

माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको हो । आज ३२९ कम्पनिको कारोबार हुदा एक करोड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy