गुल्मी । विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।
यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन् । जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा आठ र रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भरत पन्थीले बताए ।
योसँगै गुल्मीमा चरा तीन सय १२ प्रजाति पुगेका छन् । हाल मदाने क्षेत्रमा दुई सय ७२ र रेसुङ्गा क्षेत्रमा दुई सय ५८ प्रजातिका चरा भेटिएका हुन् । यी दुवै क्षेत्रमा पाइने दुई सय १८ प्रजातिका चरा छन् । नेपालमा हालसम्म आठ सय ९२ प्रजातिका चरा पहिचान भएकोमा गुल्मीमा ३५ प्रतिशत चरा छन् ।
चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठूँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन् । रेसुङ्गा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन् ।
गुल्मीमा विश्वकै दुर्लभ छ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो । यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्ध रहेका छन् । रेसुङ्गामा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । उनका अनुसार रेसुङ्गालाई थप संरक्षणका लागि काम गरिनेछ । डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताए ।
चराको वासस्थान मानिने रेसुङ्गा क्षेत्र आफूहरुले संरक्षण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो तर, रेसुङ्गा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ । मदाने र रेसुङ्गा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन । मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुङ्गा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो ।
वन विनास, वासस्थान परिवर्तन र चोरी शिकारीका कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ । रेसुङ्गा वन संरक्षण क्षेत्र १९ हजार दुई सय ८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार सात सय ६१ हेक्टरमा फैलिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १४:४०
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबा...
जेष्ठ १८ गते, २०८३ - १४:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। बैठकको क्रममा विभिन्न दलका स...
जेष्ठ १८ गते, २०८३ - १३:३३
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन...
जेष्ठ १८ गते, २०८३ - १३:२४
घोराही। दाङको तुलसीपुर उपमहानगरपालिका–५, गुल्मचोकमा सोमबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरप...
जेष्ठ १८ गते, २०८३ - १३:१६
डडेल्धुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव तीन दिनपछि फेला परेको छ । परशुराम नगरपालिका–५ परिगाउँ क्षेत्रस्थित महाकाली ...
जेष्ठ १८ गते, २०८३ - १३:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)क...
जेष्ठ १८ गते, २०८३ - ११:३६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ। बै...
जेष्ठ १८ गते, २०८३ - १०:४८
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आज ब...
जेष्ठ १८ गते, २०८३ - १०:३९
मुस्ताङ। चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजा...
जेष्ठ १८ गते, २०८३ - १०:२५
नेपालगन्ज। बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्ने उद्देश्यल...



प्रतिकृया लेख्नुहोस्: