Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

टर्कीमा भूकम्प गएको ११ दिनपछि तीनजनाको जीवितै उद्धार

खबरडबली संवाददाता

टर्की । टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । 

टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका एक मन्त्रीले शुक्रबार बताएको हो । 

टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७।८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराएको छन् ।

उहाँले तेह्र बर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा बोकिरहेको भिडियो पनि पोस्ट गरेको छन् । 

उहाँको हताय प्रान्तको अन्ताक्यास्थित अस्पतालमा उपचार भइरहेको छ । उद्धारकर्ताले भग्नावशेषमा आवाज सुनेपछि उस्मानलाई फेला पारेको सरकारी समाचार एजेन्सी अनादोलुले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेको छ । 

उद्धारकर्मीले बिहीबार नै अन्ताक्यामा २६ र ३३ वर्षका अन्य दुई जनालाई उद्धार गरेको कोकाले बताउनुभयो । 

एघारौँँ दिनमा उद्धार गरिएका २६ वर्षीय मेहमत अली साकिरोग्लु र ३३ वर्षीय मुस्तफा अव्सीलाई उस्मानलाई उद्धार गरिएकै स्थानको भवनको भग्नावशेषबाट उद्धार गरिएको डीएचए समाचार एजेन्सीले जनाएको छ ।

“म ठीक छु, मलाई कुनै समस्या छैन,” कोकाले सार्वजनिक गरेको भिडियोमा प्रियजनलाई कल गर्ने क्रममा अब्सीले भन्नुभयो । 

अव्सीले आफ्नो उद्धारपछि आफ्नी आमाको अवस्थाबारे सोध्नुभएको थियो । भिडियोमा उहाँले ‘मेरी आमा र अरूलाई कस्तो छरु’ भनी सोधेपछि कसैले ‘तिनीहरू सबै ठीक छन्, तिनीहरू तपाईंको प्रतिक्षामा छन्’ भनिएको देख्न सकिन्छ । प्रतिक्रियापछि अब्सीको अनुहारमा राहतको छोटो मुस्कान देखिएको छ । 

भूकम्पका कारण टर्की र सिरियामा ४१ हजारभन्दा बढी को मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् भने लाखौं मानिस चिसो तापक्रममा आश्रयविहीन भएका छन् ।

भूकम्पको धक्का टर्कीका ११ प्रान्तमा महशुस गरिएको थियो । टर्कीका अधिकारीहरूले अदाना, किलिस र सानलियुर्फा प्रान्तमा उद्धार कार्य पूरा भएको बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...

प्रतिनिधिसभा निर्वाचनः छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...

दोलखाको तामाकोशी–४ मा रोकिएको मतदान पुन: सुरु

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...

दाङमा ५१ प्रतिशत मतदान

घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा  ...

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान

काठमाडौँ। निर्वाचन आयोगका अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।  आयोगका अनुसार उपत्यकामा अपरान्ह ४ बजेसम्म ५४ प्रतिशत मत खसेको...

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका मतदान स्थलको अनुगमन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...

ताप्लेजुङमा ४७ प्रतिशत मत खस्यो

फुङलिङ। ताप्लेजुङमा बिहीबार दिउँसो ३:३० बजेसम्ममा ४७ प्रतिशत मत खसेको छ ।  प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार ४२ हजार ४५४ मत खसेको छ । जस...

मतपेटिका लुटिएपछि दोलखाको तामाकोशी–४ मा मतदान स्थगित

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...

प्रधानमन्त्री कार्की र कतारका समकक्षी अल–थानीबिच टेलिफोन वार्ता, नेपालीको हेरचाहप्रति कृतज्ञ छु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेको छिन् । प्रधानमन्त्री कार्कीले आज...

भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै नेपाली सेना

काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE