नागरिकलाई सूचना दिनु लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान : प्रधानमन्त्री
फाल्गुन ७ गते, २०७९ आइतवार 19th February, 2023 Sun१६:१४:०४ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समितिको भूमिका महत्वपूर्ण रहेको बताएको छन् । उनले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड दिए।
राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु पनि हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ ।”
प्रधानमन्त्री दाहालले सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरूको अवसर एवं ज्ञानको स्रोत पनि हो भन्नुभयो । उहाँले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर काम गर्नुपर्नेमा जोड दिए ।
नेपालको एकमात्र सरकारी सञ्चार सेवा प्रदायक संस्था राससको ६२औँ वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा समितिका सम्पूर्ण पदाधिकारी, सञ्चारकर्मी, कर्मचारीलगायत समितिमा आबद्ध सबैमा प्रधानमन्त्री दाहालले बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे।
उनले भने, “यस समाचार समितिले आफ्नो स्थापनादेखि नै नेपाली र अङ्ग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिर उपलब्ध गराउँदै आएको छ । साथै हालैमात्र तपाईहरूले नेपालका टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य ९भिडियो० सेवा पनि सुरू गर्नुभएकामा नेपाल सरकारको तर्फबाट म यहाँहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।”
आजको युग विज्ञान, प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग भएको तथ्य पेश गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले सिङ्गो विश्वले यसलाई चौथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरेको उल्लेख गरे।
“सूचना प्रविधिको यस प्रकारको तीव्र र द्रूत विकासले सञ्चार जगत्लाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवलाई समेटेको छ । अब सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस्” प्रधानमन्त्री दाहालले भन्नुभयो, “२१औँ शताब्दीको आजको विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ ।”
विश्वमा सूचना र प्रविधिको द्रुत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक तथा परिमार्जित गर्न आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्तदुरुस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने कामना गर्नुभयो ।
प्रधानमन्त्री दाहालले जोड दिएर भन्नुभयो, “राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चारमाध्यममार्फत आमनागरिकलाई सूसुचित गर्ने काममा आफूलाई अब्बलरूपमा स्थापित गर्न सक्नुपर्दछ ।” उहाँले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्र्दै पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाले पनि सम्मान र विस्तार गर्नुपर्छ । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ । यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिँदै आएको छ र उभिनुपर्छ ।”
राससले समयानुकूल आफ्ना समाचार सेवामा विकास गर्दै लैजानु आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास तथा विस्तारमा पनि ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्वदेशी र विदेशी सञ्चारमाध्यमलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रूपमा रहेर काम गर्न सकोस् ।”
प्रधानमन्त्री दाहालले भन्नुभयो, “समितिको नेतृत्व संस्थामा आबद्ध सबै सञ्चारकर्मी र कर्मचारीले वास्तविक अभिभावकको रूपमा क्रियाशील हुन सकोस्, प्रतिस्पर्धाको युगअनुरूप सबै सञ्चारमाध्यमभन्दा आफूलाई अब्बल प्रमाणित गर्न सकोस्, नागरिकको सूचनाको अधिकारको सम्मान गर्दैै अघि बढ्न सकोस् ।”
राससको विकास र संस्थागत हितका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले ६२औँ वार्षिकोत्सवको भव्य सफलताको कामना गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...
घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ...
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका प्रमुखसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत नि...
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपेटिका लुटिएको घटनापछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। हराएका मतपत्रसमेत पूर्ण रूपमा फेला नपरेकाले...
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन...
प्रतिकृया लेख्नुहोस्: