काठमाडौं । एउटा सरकारी निकायले दूधको भाउ बढाउने सिफारिस गरेपछि त्यसबाट “फाइदा पुग्ने” भनिएका कृषक र “मूल्य वृद्धिको मारमा पर्ने” ठानिएका उपभोक्ता दुवैले उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय दुग्ध विकास बोर्डले “आफैँले तय गरेको नीति विपरीत दूधको मूल्य बढाउने सिफारिस गरेको” भन्दै आलोचना भइरहेका बेला उपभोक्ता र कृषकले समेत असन्तुष्टि व्यक्त गरेका हुन्।
उपभोक्ताले “बिरामी, वृद्धवृद्धा र बालबालिकाको अत्यावश्यक पौष्टिक तत्त्व” उपलब्ध हुने दूध “अचाक्ली महँगो बनाउन लागिएको” भन्दै आलोचना गरेका छन्।
अर्कातर्फ किसानहरू चाहिँ “अहिले गरिएको सिफारिसले पनि लागत नउठ्ने” भन्दै त्यसप्रति असन्तुष्ट देखिएका छन्। बोर्डले भने कृषक, डेरी उद्योगी र उपभोक्ता अधिकारकर्मीसमेतको छलफलपछि दूधको मूल्य बढाउने सिफारिस गरिएको भन्दै आफ्नो निर्णयको बचाउ गरेको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवका अनुसार दूधको न्यूनतम मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सिफारिस गरिएको छ।
“हामीले हाम्रा अध्ययनहरूलाई आधार मानेर तथा विज्ञसँग छलफल गरी सबै पक्षको सहमतिमा कृषि मन्त्रालयमा न्यूनतम मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस गरेका हौँ,” उनले भने।
“मन्त्रालयले त्यसबारे थप अध्ययन र छलफल गरेर मन्त्रिपरिषद्मा पठाउनेछ र मन्त्रिपरिषद्ले स्वीकृत गरेको मूल्य लागु हुनेछ।”
राष्ट्रिय दुग्ध विकास नीति अनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरवलोकन गर्ने व्यवस्था गरेको छ। तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो।गत वर्ष माघ २८ गते दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५९ रुपैयाँ ९३ पैसा तोकेको थियो।
त्यो भनेको उद्योगीले कृषकलाई दिनुपर्ने न्यूनतम मूल्य हो। यद्यपि कृषकहरूका अनुसार त्यसमध्ये करिब ५६ रूपैयाँ मात्र कृषकले पाउने गर्छन् भने बाँकी बिक्रीको व्यवस्थापन गर्ने दुग्ध सहकारीहरूले पाउने गर्छन्।
न्यूनतम समर्थन मूल्यक कृषकका लागि तोकिएको हुनेले दूधको उपभोक्ता मूल्य भने ८६ रुपैयाँ रहेको छ। तर खुला रूपमा बिक्री हुने दूध साना डेरीहरूले अहिले पनि प्रतिलिटर १०० रुपैयाँ वा त्यसभन्दा माथि पनि बिक्री गरिरहेका छन्।
पशु आहाराको मूल्यवृद्धि भएकाले अहिले भाउ बढाउने सिफारिस गरेको यादवले बताए। उनले भने, “अहिले चोकर, पिना र परालको समेत भाउ बढेको छ। त्यसको लागत हिसाब गर्दा प्रतिलिटर १४ रुपैयाँसम्म महँगो पुग्ने देखिए पनि हामीले छलफल गरेर १० रुपैयाँका सिफारिस गरेका हौँ।”
पशु आहारा तथा लागतबारे जानकारी लिन कृषकहरूले गरेको अध्ययन, बोर्ड आफैँले गरेको अध्ययन र स्वतन्त्र रूपमा गरिएका अध्ययनहरूको पनि आधार लिइएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: