Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

अर्धवार्षिक समीक्षा: छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

खबरडबली संवाददाता

काठमाडौ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रू नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा रू ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिएको हो ।

यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट रू दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८÷७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

 त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट रू पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने रू ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट रू एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने रू ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो । इन्डोनेसियाबाट रू ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा रू १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट रू २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा रू २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ । 

अर्जेन्टिनासँग रू १८ अर्ब ५६ करोड ६० बराबरको आयात र रू १० लाख २० हजार बराबरक निर्यात कारोबार भएको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार छ महिनामा रू ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल, रू ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र रू ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले रू २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।

 त्यसैगरी, रू २३ अर्ब ६६ करोड बराबरको फलाम, रू १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु, रू १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र रू १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।
     
छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा रू १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो । त्यस्तै, सोयाबिन तेल रू आठ अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ । विभागका अनुसार रू चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र रु दुई अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ ।

वैदेशिक व्यापार गर्ने सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सार हो । वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा रू तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने रु २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ । नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ ।
  
त्यस्तै, भैरहवा भन्सारबाट रू एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र रू पाँच अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ । विराटनगर भन्सारबाट रू एक अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा रू २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागको तथ्याङ्कबाट देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...

संसद्मा अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...

दिल्ली विमानस्थलमा भाजपा नेताहरूले गरे रवीलाई स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रण...

महिलामाथि कुटपिट गरेको आरोपमा रास्वपाका स्थानीय नेता पक्राउ

जाजरकोट । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। पक्रा...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति गम्भीर र आपत्तिजनक : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र ...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका वि...

समस्या समाधानमा विपक्षीको साथ नपाएको सभामुख अर्यालको गुनासो गुनासो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...

संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending