Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेम्वाङलाई मत माग्दै एमालेको १७ ठाउँ पत्र

खबरडबली संवाददाता

काठमाडौं । यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाएका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । 

कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ । एमाले सचिव पद्मा अर्यालले भने- 'हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदहरूलाई समेत गरेर १७ वटा पत्र लेखेका छौं । विश्वास छ, उहाँहरूले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिनुहुन्छ ।' 

यो संविधान र लोकतन्त्रको रक्षाका लागि कानुनका ज्ञातासमेत रहेका नेम्वाङलाई उठाएका कारण गठबन्धनमा आबद्ध सबै दलहरूले उनलाई नै साझा उम्मेदवार मानेर मतदान गर्नुपर्ने अर्यालको भनाइ छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: