Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

खबरडबली संवाददाता

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।   वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्रबार रिउस बगरस्थित कर्णालीमा मृत फेला परेकी हुन् ।

स्थानीयवासी ठिल्ले लामाले नदीमा शव तैरिरहेको देखेपछि प्रहरी चौकी पुलुलाई खबर गरेका थिए।   त्यसपछि प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। दुर्गम भूगोल, तीव्र बहाव र जोखिमपूर्ण नदी किनारका बीच प्रहरीले शव निकालेर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाका अनुसार टोमा लामा मंगलबार राति करिब ८ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्।  

परिवार र स्थानीयले खोजी गरे पनि कुनै अत्तोपत्तो लागेको थिएन। चार दिनपछि उनको शव नदीको बीच भागमा तैरिएको अवस्थामा भेटिएको हो। घटनाले मुगुम कार्मारोङ क्षेत्रमा शोक र त्रास फैलिएको छ।  

आफन्तजन घटनापछि स्तब्ध बनेका छन्, भने स्थानीयले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। प्रहरीले मृत्युको कारण खुलिनसकेको बताउँदै घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

वैदेशिक रोजगारी ठगीविरुद्ध विभागको एक्सन, एकै दिन ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण र श्रमिकका गुनासो सम्बोधनमा वैदेशिक रोजगार विभाग सक्रिय देखिएको छ। विभागले एकै दिन ९ जनालाई पक्र...

बिटुमिन अभावले रोकियो अरनिको राजमार्ग स्तरोन्नति, दुई महिनादेखि कालोपत्रे ठप्प

काभ्रे । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य ‘बिटुमिन’ अभावका कारण दुई महिनादेखि प्रभावित बनेको छ। कालोपत्रे गर्ने मुख्य स...

विनियोजन विधेयक पारित गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित ‘विनियोजन विधे...

संघीय संसदका तीन समितिको बैठक आज, बजेटदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौँ । संघीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ। बैठकमा स्थलगत अनुगमन, आगामी आर्थिक वर्षको बजेट तथा स्थानीय निर्वाचनको तयारीलगायत व...

धवलागिरीका घुम्ती गोठ संकटमा

म्याग्दी । उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको परम्परागत आधार बनेको घुम्ती पशुगोठ संकटमा परेको छ । ...

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा खसेको पहिरो हटाइएपछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। सड...

विपद्जन्य घटनाबाट एकै महिनामा झापामा १० करोड बढीको क्षति

झापा । जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी क...

भेडेटारको नयाँ पहिचान : चिसो हावा मात्रै होइन, अर्ग्यानिक तरकारीको पनि हब

धनकुटा । गर्मी छल्न भेडेटार पुग्ने पर्यटकका लागि अहिले चिसो मौसम मात्र आकर्षणको केन्द्र छैन । पहाडी भूभागमा उत्पादन भएका ताजा अर्ग्यानिक तरकारी र फलफू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending