Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

माओवादीले साथ छाडे पनि एमालेले किन सरकार छाडेन ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको समर्थक बस्दा समेत राष्ट्रपति निर्वाचनमा माओवादीको साथ पाउने आशा एमाले नेताहरूले गुमाएका छैनन्।

“प्रचण्डजी (प्रधानमन्त्री पुष्पकमल दाहाल)ले पुनर्विचार गर्नुहुन्छ भन्ने हामीलाई लागेकोले नै सरकार नछोडेको हो। उहाँ हतार गरेर जानुभयो हामीसँग छलफल नै टुङ्गिएको थिएन,” एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्।

“हामीसँग भएको सहमति जीवित राख्ने मौका उहाँहरूसँग फागुन २५ सम्म छ त्यसैले हामी राष्ट्रपति निर्वाचनसम्म पर्खन्छौँ। नतिजामा सहयोग भएन भने सरकार छोड्छौँ।”

माओवादी र एमालेले अझैसम्म सत्ता गठबन्धन तोडिसकेको घोषणा गरेका छैनन् तर माओवादी र जनमत पार्टी सहित सरकारमा रहेका दलहरूले समेत पौडेललाई समर्थन गरेका छन्।

केपी ओली

प्रचण्ड नेतृत्वको सरकारमा आठ जना मन्त्री रहेको एमाले सरकारबाट बाहिरिँदा यसअघि नै सरकारलाई विश्वासको मत दिएको कांग्रेसको सत्तारोहण सहज हुने कतिपयको ठम्याई छ। तर एमाले नेताहरू कांग्रेसलाई रोक्नका लागि मात्रै आफ्नो दल सरकारमा नरहेको दाबी गर्छन्।

‘पूर्वराजा हौसिएको’ प्रचण्डको टिप्पणी

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अब एमालेसँगको सहकार्य अघि नबढ्ने सङ्केत शनिवारै गरिसकेका छन्।

“म प्रधानमन्त्री भएपछि जुन शक्तिहरूले बडो हौसिए…ती हौसिँदा चाहिँ मैले के महसुस गरेँ भने, म जुन गठबन्धनमा छु शायद यो संविधान र राष्ट्रको हितमा छैन,” पूर्वराजाप्रति सङ्केत गर्दै प्रचण्डले पुरानो गठबन्धनलाई निरन्तरता नदिने प्रस्ट गरे।

एमाले-माओवादी गठबन्धन सरकारमा राजतन्त्रको वकालत गर्ने राप्रपाका उपप्रधान सहित तीन जना मन्त्री र एकजना राज्यमन्त्री थिए। राष्ट्रिय सहमतिका लागि कांग्रेसको राष्ट्रपति बनाउन आफू तयार भएको र यो निर्णयसँगै एमाले प्रतिपक्षमा जाने उनको टिप्पणी छ।

“उहाँहरू अब करिब करिब प्रतिपक्षमा जानुभयो,” उनले एमालेबारे भने। एमालेबाट सभामुख निर्वाचित भएका कारण सहमतिको प्रक्रियाबाट एमाले बाहिर जान नसक्ने दाबी प्रचण्डले गरेका छन्।

प्रचण्ड र पौडेल

एमाले सरकारमा अडिनुको कारण

माओवादीले एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने स्पष्ट सङ्केत गरे पनि माओवादीले सरकार नछाड्नुमा राष्ट्रपति निर्वाचनसम्म प्रचण्डलाई फर्काउन सकिने आशा एमाले नेताहरूमा देखिन्छ।

“हामीसँग भएको पुस १० को समझदारी आधिकारिक हो की कांग्रेससँग भएको आधिकारिक हो भन्ने जवाफ हामीले प्रचण्डसँग खोजिरहेका छौँ त्यसको उत्तर पर्खेर हामी सरकारबाट बाहिरिन हतार नगरेको हो,” एमाले नेता विष्णु रिजालले भने।

एमालेको अनुमान भन्दा छिटो माओवादी-कांग्रेस समीकरण बनेका कारण त्यो समीकरण पनि छिट्टै टुट्ने आशङ्का एमालेका कतिपय नेताहरूले गरेका छन्।

“गठबन्धन के हुन्छ भन्ने त एक ढङ्गले देखिइसक्यो। तर पनि राष्ट्रपति चुनावसम्म हेरौँ भन्ने हो,” एमाले उपाध्यक्ष शाक्यले भनिन्।

यसअघि कांग्रेसले प्रतिपक्षमा रहने तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि एमाले अध्यक्ष केपी ओलीले माछा मार्न प्रयोग गरिने “ढोक्सा थापेको” आरोप लगाएका थिए।

अहिले पनि सरकारमा बसिरहेर ढोक्सा थापेको आरोप कतिपयले एमालेमाथि लगाएका छन्।

एमाले नेता रिजाल आफ्नो दल अझैसम्म गठबन्धन टिकाउने प्रयासमै रहेका कारण सरकार नछोडेको बताए। “राजनीति छिटो छिटो परिवर्तन भइरहेको छ। हामी पनि कोसिस गर्छौँ,” रिजालले भने।

नेकपा एमालेका नेताहरू

‘एमाले बाहिरिनुपर्थ्यो’

त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापक खड्ग केसी एमालेले तत्काल सरकारबाट बाहिरिने निर्णय लिएको भए उपयुक्त हुने बताउँछन्।

“जुन सम्झौताको जगमा यो सरकार बन्यो त्यो नै भत्किएपछि त्यहाँ बसिरहनुको राजनीतिक अर्थ छैन बाहिरिने निर्णय गर्दा उपयुक्त हुन्थ्यो,” उनले भने।

“तर उहाँहरूले केही रणनीतिक कुरा हेरेर सरकारमै रहने भन्नुभएको होला त्यसको भित्री कुरा अहिले आकलन गर्न सकिँदैन।”

माओवादीका वरिष्ठ उपाध्यक्ष नै कांग्रेस उम्मेदवारको प्रस्तावक बसिसकेको अवस्थामा एमालेले माओवादीको आस गरे पनि समर्थन पाउने सम्भावना धेरै न्यून हुने केसी बताउँछन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: