जलेश्वर । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो ।
परिक्रमामा सहभागी हजारौं साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए ।
यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यग्ङ्गात्मक कविता तथा चुट्किला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।
तत्कालीन समयमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।
मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् । परिक्रमाकै क्रममा आज बिहानको समयमा भगवान्ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीले पर्व मनाएका हुन् ।
धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १६:४९
काठमाडौं । नेपाल एपिएफ क्लबले जीत हासिल गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा एपीएफ ...
पौष २० गते, २०८१ - १६:३४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी...
पौष २० गते, २०८१ - १६:१४
काठमाडौँ। विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ। महासङ्घले भारतको नयाँ दिल्लीस्थित खा...
पौष २० गते, २०८१ - १५:५४
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिएको छन । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गरेको हो । ...
पौष २० गते, २०८१ - १५:३८
काठमाडौं। नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा पेश गर्ने...
पौष २० गते, २०८१ - १५:१८
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले दिब्योपदेशलाइ पृथ्वी पथको रूपमा अंगिकार गर्ने भएको छ । आज सम्पन्न केन्द्रिय समिति बैठकले श्री ५ बडामहा...
पौष २० गते, २०८१ - १५:१२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारीको कामलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएको छन । दिगो पर्यटन सहकारी संस्थाको १...
पौष २० गते, २०८१ - १४:४७
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ । आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महा...
पौष २० गते, २०८१ - १४:३८
वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनु अघि अमेरिकी अदालतले सजायँ सुनाउने भएको छ । ह्वाइट हाउसमा द...
पौष २० गते, २०८१ - १४:२१
नवलपुर। जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेप...
प्रतिकृया लेख्नुहोस्: