Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

रुकुममा टर्कीबाट ल्याइयो १६ हजार ओखरका बिरुवा

खबरडबली संवाददाता

रुकुम । रुकुम (पूर्व)मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो । 

ती बिरुवा जिल्लाको विभिन्न ठाउँमा भोलि  १६ गते एकै साथ लगाइँदै छ । लुम्बिनी प्रदेश वन मन्त्रीको उपस्थितिमा बिरुवा रोपिने वन कार्यालयका डिभिजनल वन अधिकृत जीतेन्द्रसिंह खड्काले जानकारी दिए ।

उनकाअनुसार ओखरका बिरुवा माग गर्दै परेको आवेदनमाथि हेरफेर गरेर एक सय ३८ किसानलाई ओखरको बिरुवा वितरण गरिएको छ । प्रत्येक किसानले न्यूनतम १० बोटदेखि ६६ सम्म ओखरको बिरुवा लिएका छन् । 

समग्रमा सिस्ने गाउँपालिकामा ७० घरधुरीलाई आठ हजार तीन सय ८५ बोट, भूमे गाउँपालिकामा ४० घरधुरीलाई छ हजार पाँच सय ४५ र पुथा उत्तरगङ्गा गाउँपालिकामा २८ घरधुरीलाई दुई हजार छ सय १४ बोट दाँते ओखरको बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत खड्काले बताए ।

भोलि सिस्ने गाउँपालिका–५स्थित रुमाल बारामा लुम्बिनी प्रदेशका वन मन्त्री दुर्गाप्रसाद चौधरी, भूमे गाउँपालिका– ३ झुङ्लाबाङमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाको १३ पिपलतुङमा प्रदेश सांसद सुरुल पुन, दिलकुमारी बुढा र सरिता पुनले एकैसाथ ओखरको बिरुवा रोपेर उद्घाटन गर्ने कार्यक्रम छ । 

यी कार्यक्रममा तीन वटै पालिकाका अध्यक्ष तथा उपाध्यक्ष उपस्थित आ–आफ्नै क्षेत्रमा खटिने छन् । अन्य ठाउँमा वन कार्यालयका कर्मचारीको निगरानीमा ओखरका बिरुवा लगाइने भएको छ । वन कार्यालयका अनुसार सिस्ने गाउँपालिकाको १ देखि ८ सम्मका सबै वडा, भूमे गाउँपालिकाको १, ३, ६, ७, ८ र ९ नम्बर वडा तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको १, २, ६, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडामा ती  बिरुवा रोपिने भएको छ । यी वडाको ४० हेक्टर जमिनमा भोलि एकै साथ १६ हजार बिरुवा रोपिने डिभिजन वन कार्यालयले जानकारी दिएको छ । 

गत वर्ष पनि वन कार्यालयले फरनर जातकै दश हजार ओखरको बिरुवा कसानलाई वितरण  गरेकामा २५ हेक्टर जमिनमा ती बिरुवा लगाइएको थियो । यसै वर्ष पनि उक्त कार्यालयले जुम्लाबाट हाड्ले जातको एक हजार सात सय दाँते ओखरको बिरुवा ल्याएर वितरण गरेको थियो । 

हाडे ओखर प्रशस्त मात्रामा पाइने रुकुम९पूर्व० मा दाँते ओखरबाट राम्रो आयआर्जनको सम्भावना भए पनि  लगाइएका बिरुवालाई हुर्काउन भने चुनौती छ । सिँचाइको सुविधा नभएको र किसानसँग आवश्यक ज्ञान नहुँदा पनि ओखर खेतीबाट सफलता हात पार्न सकिँदैन कि भन्नेमा किसानमा चिन्ता छाएको  छ । 

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम ९पूर्व० रोल्पा कार्यालयले पनि जिल्लाको विभिन्न ठाउँमा दाँते ओखरको बिरुवा वितरण गर्दै आइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

कावासोती। जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था लागु पारिएको जनाएको छ । चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्ला स...

त्रिविका परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारक...

ऐतिहासिक पदक जितेकी एरिकालाई भव्य स्वागत (तस्बिरहरू)

काठमाडौं । नेपालका लागि ऐतिहासिक पदक जितेकी कराते खेलाडी एरिका गुरूङ मंगलबार बिहान स्वदेश आइपुगेकी छन्।  चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर क...

रौतहटबाट पहिलो पटक गैरआवासिय नेपाली नागरिकता

रौतहट । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया म...

माओवादी अध्यक्ष प्रचण्ड र रवीन्द्र मिश्रबीच भेट

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेटेका छन् । मंगलबा...

बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्...

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विधार्थी बे...

किन फ्लप भयो नेपालको ब्याटिङ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसीसी विश्वकप लिग(२ मा नेपालले लगातार पाँच खेलमा ह...

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी

सप्तरी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हु...

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सि खा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy