Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

नेविसंघमा पहिलो महिला नेतृत्व : करुणा कटुवालसामु महाधिवेशनको कठिन परीक्षा

खबरडबली संवाददाता

काठमाडौं । ५६ वर्षको इतिहासमा पहिलो पटक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महिला नेतृत्व पाएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएसँगै संगठनले नयाँ अध्याय सुरु गरेको छ।

कांग्रेस सभापति गगन कुमार थापाले पार्टी विधानको दफा ४२(१) बमोजिम कटुवाललाई अध्यक्ष नियुक्त गरेका हुन्। उनी नेविसंघको इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी छन्।

५६ वर्षपछि महिला नेतृत्व

वि.सं. २०२७ वैशाख ६ गते स्थापना भएको नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला थिए। त्यसयता शेरबहादुर देउवासहित २० जना पुरुष नेताले संगठनको नेतृत्व सम्हालेका थिए। करुणाको नियुक्तिसँगै नेविसंघले पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको हो।

नेविसंघको पृष्ठभूमिबाट आएका धेरै नेताहरू नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली स्थानमा पुगेका छन्। तर संगठनमा महिला सहभागिता उल्लेख्य भए पनि नेतृत्व तहमा पुग्ने अवसर भने अहिलेसम्म प्राप्त भएको थिएन।

महाधिवेशन गराउने जिम्मेवारी

समयमै महाधिवेशन गर्न नसकेपछि कांग्रेसले नेविसंघसहित आफ्ना भ्रातृ संस्थाहरूको म्याद थप नगर्ने निर्णय गरेको थियो। यस्तो अवस्थामा सभापति थापाले करुणालाई ११ बुँदे कार्यादेशसहित संगठनको नेतृत्व सुम्पिएका छन्।

कटुवालसामु सबैभन्दा ठूलो चुनौती निर्धारित समयभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्नु रहेको छ। अध्यक्षको टुंगो लागे पनि केन्द्रीय समितिको आकार, संरचना र समावेशी प्रतिनिधित्वको विषय अझै स्पष्ट भइसकेको छैन।

अध्यक्ष नियुक्तिपछि प्रतिक्रिया दिँदै कटुवालले नेविसंघलाई पुनः सशक्त बनाउने र देशभरका इकाइलाई सक्रिय पार्दै समयमै महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

विद्यार्थी आन्दोलनमा महिलाको योगदान

नेपालको विद्यार्थी आन्दोलनमा महिलाहरूको योगदान ऐतिहासिक रहँदै आएको छ। २०१७ सालमा पञ्चायती शासनविरुद्ध शैलजा आचार्य र नोना कोइरालाको नेतृत्वमा विद्यार्थीहरूले गरेको विरोध आन्दोलन त्यसको महत्वपूर्ण उदाहरण मानिन्छ।

यद्यपि, लामो समयसम्म महिला नेतृहरू नेतृत्वको शीर्ष तहमा पुग्न सकेनन्। विद्यार्थी संगठनहरूमध्ये रामकुमारी झाँक्री, नवीना लामा र पञ्चा सिंहले नेतृत्व सम्हाले पनि नेविसंघले भने अहिले मात्रै पहिलो महिला अध्यक्ष पाएको हो।

विभाजित कांग्रेसबीच कठिन जिम्मेवारी

पछिल्लो एक दशकमा नेविसंघले केवल एउटा महाधिवेशन मात्रै गर्न सकेको छ। २०७३ सालपछि नैनसिंह महर, राजीव ढुंगाना र दुजाङ शेर्पा नेतृत्वका कार्यकालमा महाधिवेशन हुन सकेन।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको आन्तरिक ध्रुवीकरण र गुटीय प्रतिस्पर्धाका बीच सबै पक्षलाई समेटेर विधिसम्मत महाधिवेशन सम्पन्न गर्नु करुणा कटुवालको नेतृत्वको वास्तविक परीक्षा हुनेछ।

महिला नेतृत्वको ऐतिहासिक उपलब्धिलाई संगठनात्मक सफलतामा रूपान्तरण गर्न सक्ने वा नसक्ने भन्ने प्रश्नको जवाफ अब आगामी महाधिवेशनले दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा इनर्जीको सौर्य विद्युत आयोजनाको इन्भर्टरमा आगलागी, ५ मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा निर्माण भई सञ्चालनमा रहेको झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगल...

प्रहरी संगठनमा ठूलो फेरबदल, ३३ एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत...

नेविसंघमा पहिलो महिला नेतृत्व : करुणा कटुवालसामु महाधिवेशनको कठिन परीक्षा

काठमाडौं । ५६ वर्षको इतिहासमा पहिलो पटक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महिला नेतृत्व पाएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा ध...

कांग्रेसमा नयाँ क्रियाशील सदस्यता खुला, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गर्दै अनलाइन आवेदन फारम खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्री...

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना

केहीको मृत्यु

बालेनको अभिव्यक्तिमाथि झलनाथको आक्रोश : ‘यस्ता कुरा गर्ने व्यक्ति प्रधानमन्त्री हुन सुहाउँदैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन साहले संसदमा दिएको ‘नेपालले पनि भारतको केही ...

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रद...

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending