बाँके । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय हालसम्म पुनःस्थापना गर्न सकिएको छैन ।
सातवटै छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका हुन् । ती नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट नेपाल ल्याउने गरिकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । छोटी भन्सार कार्यालय बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेको उनको भनाइ छ ।
सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका ती छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा आयात निर्यात बढेकाले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ । सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भंघोटना, साइगाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए ।
लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचना जीर्ण भएका छन् । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्थापना नगरिँदा भारतसँग सीमा जोडिएका ती बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ ।
छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको डुडुवा गाउँपालिका–१ का अध्यक्ष पटेश्वर कुर्मीले बताउनुभयो । भारतबाट अवैधरूपमा हुने चोरी पैठारीले लक्ष्यअनुसार भन्सार राजस्व सङ्कलन गर्न नसकिएको तथा स्थानीय व्यवसायीको व्यापार चौपट हुँदै गएका कारण उद्योगी व्यवसायीले तत्काल छोटी भन्सार पुनःस्थापनाको माग गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले लामो खुला सिमानामा एउटा मात्र भन्सार हुँदा चोरी पैठारी अत्यधिक बढेर राजस्व सङ्कलनसँगै व्यापार व्यवसाय पनि प्रभावित भएको बताए । आर्थिक वर्ष २०७८(७९ मा रु २५ अर्ब २१ करोड २६ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकामा रु २२ अर्ब ३१ करोड २६ लाख अर्थात् ८८ दशमलव पाँच प्रतिशतमात्र असुली गर्न सकेको भन्सार कार्यालयले जनाएको छ । चालु आवको हालसम्म हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको सो कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - १७:४९
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...
जेष्ठ १८ गते, २०८३ - १७:२१
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...
जेष्ठ १८ गते, २०८३ - १७:१२
काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...
जेष्ठ १८ गते, २०८३ - १७:०८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रण...
जेष्ठ १८ गते, २०८३ - १६:५५
जाजरकोट । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। पक्रा...
जेष्ठ १८ गते, २०८३ - १६:३७
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र ...
जेष्ठ १८ गते, २०८३ - १६:२७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका वि...
जेष्ठ १८ गते, २०८३ - १५:४४
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...
जेष्ठ १८ गते, २०८३ - १५:३१
काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...
जेष्ठ १८ गते, २०८३ - १५:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...



प्रतिकृया लेख्नुहोस्: