Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

अस्मिताको सङ्घर्ष : जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

खबरडबली संवाददाता

बागलुङ । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि  ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । 

विवाहलगत्तै वि।सं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको सङ्घर्षका दिन सुरु भए । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्थिन् । उनका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्छन् । विद्यालय जान नपाएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उनले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेच्नुभयो । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन् । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगे ।

विदेशमै बिरामी परेर दुःख पाएपछि ६ वर्ष अघि गणेश स्वदेश फर्किए । धन कमाउन विदेशिएको श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किनेकी हुन् । ६ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गरेका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गरे । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढेका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्छन् । केही रकम सहकारीमा बचत गर्ने गर्छन् । 

“कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ”, अस्मिता भन्छिन् । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताइन् । सङ्घर्षलाई निरन्तरता दिए सफलता मिल्ने उनी बताउँछिन् ।

“खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...

संसद्मा अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...

दिल्ली विमानस्थलमा भाजपा नेताहरूले गरे रवीलाई स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रण...

महिलामाथि कुटपिट गरेको आरोपमा रास्वपाका स्थानीय नेता पक्राउ

जाजरकोट । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। पक्रा...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति गम्भीर र आपत्तिजनक : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र ...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका वि...

समस्या समाधानमा विपक्षीको साथ नपाएको सभामुख अर्यालको गुनासो गुनासो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...

संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending