Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

अरूण पुलको नट बोल्ट भाँचियो, सवारीसाधन आलोपालो चलाइँदै

खबरडबली संवाददाता

धनकुटा । भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ। नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ।

पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरद्कुमार थापा क्षेत्रीले बताए। उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताए।

पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो। 

पुलको मध्यभागमा स्टिल ग्रिडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ। हाल पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा सवारीसाधन मात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ। दश वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाइ र सात मिटर चौडाइको उक्त पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ।

दैनिक सवारीसाधन आवतजावत गर्ने पुल जोखिममा परेपछि यसतर्फ सरोकारवालाको ध्यान जानुपर्ने स्थानीय शङ्कर आचार्यले बताए। आचार्यले भने, ‘सडक डिभिजनले अहिले सूचना टाँस गर्ने काम मात्र गरेको छ, मर्मतका लागि तत्काल पहल थाल्नुपर्‍यो।’

पुलमा देखिएको समस्या तत्काल समाधान गरेर सहज यातायातको व्यवस्था गरिनुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर मोक्तानले बताए।

‘पुलमा देखिएको जोखिमका कारण सवारीका साधन मात्र होइन जिल्लामा नियमित प्रयोगमा आउने खाद्यन्नलगायत अत्यावश्यक सेवाको ढुवानीमा समेत समस्या हुन्छ, त्यसैले पुल मर्मत चाँडै थाल्नुपर्छ,’ उनले भने।

हाल जोखिम सावधानका लागि पुलबाट अतिआवश्यक सामग्री तथा सवारीसाधन मात्र आवतजावत भइरहेका सडक डिभिजन तुम्लिङटारले जनाएको छ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छविलाल जोशीको आजको बयान सकियो

पोखरा । जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडियाका सञ्चालकछविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ । म...

इजरायलको आक्रमणमा लेबनानमा ५५८ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । लेबनानका स्वास्थ्यमन...

कांग्रेसको थारू विभागमा १० सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको थारू विभागमा १० सदस्य मनोनयन गरिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य योगेन्द्र चौधरी प्रमुख रह...

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, सिंहदरबारको हिरासतमा राख्ने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा पक्राउ परेका प्रसाईँलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देख...

नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा

अमेरिका। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको जानकारी दिएको छिन् । संयुक्...

जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।  असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समि...

आलुको उत्पादन क्षेत्र बढाउन ५० प्रतिशत अनुदानमा बिउ वितरण

रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । कृषि विकास कार्यालय रुकुमपश्चिमले ५० प्रतिशत...

नेपालगन्ज भन्सार, नाका र आइसिपीको स्थलगत अनुगमन

नेपालगन्ज। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संसदीय टोलीले नेपालगन्जस्थित भन्सार कार्यालय, नेपाल भारत नाका र...

कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी

कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र पुरुषका लागि १२५ जना बन्दी राख्ने क्...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy