Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

प्राविधिक शिक्षामा विपन्नलाई भानु नगरपालिकाको छात्रवृत्ति

खबरडबली संवाददाता

तनहुँ । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराइनेछ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले हरेक वडाका दुई(दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिए । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उनले भने । नगरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स अध्ययन गर्ने विद्यार्थीका लागि प्रतिवर्ष रु ५० हजारका दरले तीन वर्षमा रु एक लाख ५० हजार प्रदान गरिनेछ । 

छात्रवृत्ति प्राप्त गर्न चालु आवमा २४ विद्यार्थी छनोट भएका छन् । भानु नगरपालिका–२ नारेश्वरटारस्थित होमराज लोहनी शारदा शिक्षा सदन माविमा डिप्लोामा इन सिभिल इञ्जिनियरिङ अध्ययनरत उज्ज्वल पौडेल, ईश्वरी थापा, कमला तिमिल्सिना, कृषा तामाङ, रोजिना नेपाली, आशिष राना मगर, नरेश बोटे, अनिल कँडेल, विशाल कुमाल, विकास अधिकारी, सन्तोष तिवारी, आयुष गुरुङ, अभिषेक नेपाली, रोशनी तामाङ र सन्दिप शाहीलाई छात्रवृत्ति प्रदान गरिनेछ । 

भानु –११ मानेचौकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा डिप्लोमा इन एग्रिकल्चर ९बाली विज्ञान र पशु विज्ञान० अध्ययनरत वर्षा कुंवर, कुशल अधिकारी, अस्मिता अधिकारी, सुशान परियार, मुस्कान देवकोटा, आशिका गुरुङ, सन्देश थापा, भूमिका सुनार र श्रीजल पण्डितलाई छात्रवृत्ति प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन उक्त निर्णय गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । “शिक्षालाई रोजगारसँग जोड्न प्राविधिक शिक्षा अध्ययन गरिरहेका विपन्न, जेहेन्दार  विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति रकम उपलब्ध गराउँछौँ”, उनले भने, “यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सकिन्छ ।” प्रत्येक वडा समितिले एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने प्रावधान राखिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...

संसद्मा अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...

दिल्ली विमानस्थलमा भाजपा नेताहरूले गरे रवीलाई स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि भारत पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रण...

महिलामाथि कुटपिट गरेको आरोपमा रास्वपाका स्थानीय नेता पक्राउ

जाजरकोट । एक महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता मोहन विक्रम शाही पक्राउ परेका छन्। पक्रा...

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति गम्भीर र आपत्तिजनक : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई गम्भीर र ...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका वि...

समस्या समाधानमा विपक्षीको साथ नपाएको सभामुख अर्यालको गुनासो गुनासो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसद्मा देखिएका समस्या समाधानका प्रयासमा विपक्षी दलहरूको साथ नपाएको गुनासो गरेका छन्। प...

राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जना...

संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा दिएको अभिव्यक्तिलाई निन्दनीय र घोर आपत्तिजनक भएको टिप्पणी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending