Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्य अघि बढिसकेको छ : प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएको छन् । 

पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षाक्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ ।”

प्र्रधानमन्त्री दाहालले शिक्षा, सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि तथा विकासको महत्वपूर्ण पक्ष भएको बताए । उनले भने, “जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो राष्ट्रले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्न सक्छ । त्यो देशको जनशक्तिले राष्ट्रिय मात्र नभएर विश्व बजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ ।” 

शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति एवम् सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक भएको प्रधानमन्त्री दाहालले औँल्याए। सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ । 

“सरकारी र निजी क्षेत्रबीच गुणस्तर तथा उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसात् गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा छ”, प्रधानमन्त्री दाहालले भने । यसका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग तथा सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ छ । 

प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वाङ्गीण विकासको आधार स्तम्भ भएको उल्लेख गर्दै प्राविधिक शिक्षालाई जोड दिँदै विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिर्वाय विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक भएको बताए। उनले पद्मोदय देशकै अब्बल विद्यालयको रुपमा स्थापित भएको भन्दै प्रशंसासमेत गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending