NTC Banar
Khabar Dabali १३ चैत्र २०७९ सोमबार | 27th March, 2023 Mon

इमरान खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

खबरडबली संवाददाता

लाहोर पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उहाँका समर्थकबीच यहाँस्थित खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् ।  पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गर्नुभएको छ । 

गए राति पनि पाकिस्तान तहरीक–ए– इन्साफ ९पिटिआई०का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुङ्गामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका बताएका छन् । 

गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् । सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उहाँमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । सोही विषयमा जानकारी दिन अदालतले उहाँलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए । 

इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट गरेका छन् । पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने बाध्यता रहेको बताए । 

पिटिआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् ।  उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् । कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आउनुभएको छ । 

पिटिआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामाबाद उच्च अदालतमा  खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाई हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीहरूले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् । 

राजनीतिक अस्थिरताका कारण निरन्तर शिथिल हुँदै गएको पाकिस्तानको अर्थतन्त्रलाई उकास्न अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रयास असफल भएका बेला अतिवादी समूहहरूले बेलाबेलामा गर्ने घातक आक्रमण एवम् आत्मघाती हमालाबाट दक्षिण एसियाली निरन्तर प्रताडित भइरहेको छ । कानुन कार्यान्वयनमा कठिनाई हुँदा आपराधिक गतिविधि नियन्त्रणमा पनि असर परेको छ । 

राजनीतिक नेताले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई प्रयोग गरेर गिरफ्तारीलाई अस्वीकार गर्नुले पाकिस्तानको सबैभन्दा खराब अवस्थालाई प्रतिविम्बित गरेको लेखक, राजनीतिक विश्लेषक र मानवअधिकार कार्यकर्ता तौसीफ अहमद खान बताउछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारा २ मा जसपालाई सहयोग गर्ने देउवाको वचन

काठमाडौं । आगामी  वैशाख १० मा हुने उपनिर्वाचन बारा–२ मा  नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ । शनिबार भएको पदाधिकारी बैठकम...

मिसन ग्रासरुटले एमालेको उपचार गर्छ : उपाध्यक्ष ज्ञवाली

तनहुँ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले सञ्चालन भइरहेको मिसन ग्रासरुट अभियानले एमालेको उपचार गर्ने बताएका छन् । नेकपा (एमाले) तनहुँ ...

कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ

काठमाडौँ । सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । शनिबार साँझ सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको ब...

८ महिनामा एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । ...

तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई ...

कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौं: अध्यक्ष भट्टराई

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन्। कर्णाली प्र...

बैतडीको हवाई सेवा एक वर्षदेखि बन्द, करोडौंका संरचना प्रयोगविहीन

बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको ...

प्रधानमन्त्री प्रचण्ले गठबन्धन बैठकमा भागबन्डाको प्रस्ताव पेस गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म प्रधानमन्त्रीले गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रस्ताव पेस गर्ने भएका छन्  ...

गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार ढिलो भयोः देवेन्द्र पौडेल

काठमाडौ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्।  शनिबार क...

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिब...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page