कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो ।
बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए ।
उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए। “कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ”, उनले भने ।
उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए । “यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।” उनले भने, “अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १७ गते, २०८० - १७:४१
गाजा । ६ सय भन्दा बढी विदेशी नागरिकले गाजा छोड्ने अपेक्षा गरिएको छ । गाजामा दोहोरो नागरिकता भएका ६ सय भन्दा बढी विदेशी नागरिक र प्यालेस्टिनीहरूलाई...
मंसिर १७ गते, २०८० - १७:३०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ३ जनाले उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका छन् । धरौटी बुझाउनेमा शमशेर मियाँ, नरेन्द्र केसी ...
मंसिर १७ गते, २०८० - १७:११
तेहरान । प्यालेस्टाइनी भुमीमा इजरायलको आक्रामण जारी राखे क्षेत्रीय द्धन्द्ध बढने चेतावनी दिएको छ । इरानका विदेश मन्त्रीले इजरायलले प्यालेस्टाइनीहरू...
मंसिर १७ गते, २०८० - १६:४९
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका जिल्लाको समय आएको बताएका छन । शनिबार पन्चकन्या गाउँ पालिका स्थित कविलास स्वास्थ्य चौ...
मंसिर १७ गते, २०८० - १६:३७
काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिदविक्री भएको दाबी गरेका छन...
मंसिर १७ गते, २०८० - १६:२३
सङ्खुवासभा । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ । गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै ह...
मंसिर १७ गते, २०८० - १६:०५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएक...
मंसिर १७ गते, २०८० - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताएका छन् । नेकपा एमालेले सुरु...
मंसिर १७ गते, २०८० - १५:२२
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई ब...
मंसिर १७ गते, २०८० - १५:१०
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएको छन्। अपाङ्गता भएका व्यक्त...
प्रतिकृया लेख्नुहोस्: