Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बेलायती सरकारी उपकरणमा टिकटक प्रतिबन्धित

खबरडबली संवाददाता

काठमाडौं । बेलायती सरकारी फोनमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको बेलायती सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । क्याबिनेट कार्यालयका मन्त्री ओलिभर डाउडेनले बिहीबार नै सांसदहरूलाई ‘सरकारी उपकरणहरूको सुरक्षा’बारे सम्बोधन गर्ने बताइएको छ । 

बेलायती सञ्चारमाध्यम बीबीसी र स्काई न्यूजले चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयर गरिने एपमाथि प्रतिबन्ध लगाउन लागेको बताएका छन् । प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले यस साता सुरक्षा चासोका बारेमा पटक–पटक सोधपुछ गर्दा पनि मौन बसेको छ ।

सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा सुनकले सरकारले ‘उपकरणहरूको सुरक्षालाई’ गम्भीरतापूर्वक लिएको बताए ।  उनले भने, “हामी हाम्रा सहयोगीहरूले के गरिरहेका छन् भनेर पनि हेर्छौं ।” 

सन्डे टाइम्सले गत साता साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिस गर्न सुझाव दिएको उल्लेख गरेको थियो ।

टिकटक चीनको बाइटडान्सको स्वामित्वमा रहेको छ र यसले लामो समयदेखि चीनमा डाटा नराख्ने वा बेइजिङसँग साझेदारी नगर्ने बताउँदै आएको छ ।

आधिकारिक उपकरणहरूमा एपको बेलायती प्रतिबन्धलाई युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले पनि पछ्याउने सम्भावना रहेको छ ।

अमेरिकी अधिकारीहरूले टिकटकले बाइटडान्ससँग सम्बन्ध विच्छेद गरेमा व्यापक राष्ट्रिय प्रतिबन्धबाट बच्ने बताएका छन् । 

बिहीबार बेइजिङस्थित विदेश मन्त्रालयले वासिङ्टनलाई टिकटकलाई ‘अनुचित रूपमा दबाउने’ काम बन्द गर्न आग्रह गरेको थियो ।

प्रवक्ता वाङ वेनबिनले भने, “टिकटकले अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्छ भन्ने प्रमाण प्रस्तुत गर्न अमेरिका अहिलेसम्म असफल भएको छ ।” 

प्रतिबन्धले टिकटकको विकासलाई रोकेको छैन । वी आर सोशल मार्केटिंग एजेन्सीका अनुसार एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरूको साथ यो विश्वमा छैटौं सबैभन्दा बढी प्रयोग गरिएको सामाजिक प्लेटफर्म हो । 

यद्यपि मेटाको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको लामो समयदेखिको ख्यातीलाई अझै टिकटकले भेट्न सकेको छैन तर युवाहरूमा यसको वृद्धिले यसको प्रतिस्पर्धीहरूलाई धेरै पछाडि पार्ने निश्चित देखिएको छ । 

वालरु एजेन्सीका अनुसार टिकटक प्रयोगकर्तामध्ये एक तिहाइ १० देखि १९ वर्ष उमेर समूहका छन् । यसको तीव्र वृद्धिले गत वर्ष विज्ञापन राजस्वमा ११ अर्ब अमेरिकी डलरभन्दा बढी योगदान गरेको थियो । यो एक वर्षमा तीन गुणाभन्दा बढीको वृद्धि हो । 

टिकटकका प्रतिस्पर्धीहरूले चाँडै यसको छोटो भिडियो ढाँचा र निरन्तर स्क्रोलिङको नक्कल गरे पनि उनीहरूलाई टिकटकको तुलनामा खासै फाइदा भएको देखिँदैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE