Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाइँदै

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ।

भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागेको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताइन्। धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र छ। फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी जनाएको छ। 

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो। दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम गर्न लागिएको हो।

‘रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो। तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो,’ उनले भनिन्। 

खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ।

सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ। दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ।

भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो। निर्माणको समयमा फाउन्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो। विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ।

फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ। सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउँछन्।

रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो। निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो। महानगरपालिकाले सहमति विपरीत फाउन्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...

सुनको मूल्य एकैदिन तोलामा ४ हजार ३०० घट्योले, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...

दार्चुलामा काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...

सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...

जनताका गुनासा सुन्न गाउँमै सांसद

हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending