काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् । तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पाको ध्यान भने आज घर (कलैया) फर्किन नपाइने हो कि भन्ने चिन्ता थियो ।
शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो ।
छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् ।
शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’
उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला खहतानी’ चम्पाले राजधानीसँग भनिन्, ‘काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’
उनको भनाइ थियो, छिमेकीलाई गाईको रेखदेख गर्ने जिम्मा दिएर म काठमाडौं आएको तीन दिन भयो । काठमाडौंमा मेरो काम छैन । अब घरै जान्छु ।
उच्च तहको पदमा आफ्नो श्रीमान पुगेकोमा उनले खुसी व्यक्त गरिन् । आफूलाई पनि धेरै मान्छेले नमस्ते गर्दा आश्चर्य लागेको बताइन् ।
श्रीमानसँगै काठमाडौंमै बसेर सरकारी निवासको सुविधा उवभोग गर्नेतर्फ उनको कुनै मोह छैन । उपराष्ट्रपति निवासको त्यो भव्य र सुखसयल उनलाई फिक्का लाग्यो । उनले भव्य सरकारी निवासभन्दा आफ्नै सानो घर प्यारो हुने बताइन् । यो समाचार राजधानी दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: