काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका हुन्।
आमसञ्चार माध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसंख्याप्रति लक्षित राष्ट्रिय, प्रादेशिक वा स्थानीय, गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार, साना, मझौला र ठूलो लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गरिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
नेपालको संविधानले रेडियो सञ्चालन एवं नियमनको जिम्मेवारी तहगत रूपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले यससम्बन्धी आवश्यक कानुनहरूको निर्माण तथा अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारूप तयार गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताए । ‘नीतिगत र कानुनी रूपमा देखिएका समस्या र उल्झनहरू सुल्झाउन नेपाल सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। ...
जेष्ठ १९ गते, २०८३ - ११:४०
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात ग...
जेष्ठ १९ गते, २०८३ - ११:२९
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले छाया मन्त्रिपरिषद् गठन नगरेको स्पष्ट पारेका छन्। कांग्रेस संसदीय दलको विधा...
जेष्ठ १९ गते, २०८३ - ११:०८
बागलुङ । जनैपूर्णिमाको अवसरमा बागलुङको ढोरपाटनमा प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल गरिने भएको छ । ढोरपाटन क्षेत्रमा उत्पादन हुने प्र...
जेष्ठ १९ गते, २०८३ - ११:०२
म्याग्दी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिकामध्ये तीन वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा जिल्ला उपसभाप...
जेष्ठ १९ गते, २०८३ - १०:२९
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ । आज मध्याह्न १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त...
जेष्ठ १९ गते, २०८३ - १०:११
पाल्पा। आइतबार रातिदेखि सम्पर्कविहीन एक किशोरीको शव कालीगण्डकी नदी किनारमा फेला परेको छ । रामपुर नगरपालिका–८, झेरुछाप बगनासी बस्ने १६ वर्षीय अस्मिता स...
जेष्ठ १८ गते, २०८३ - १७:४९
काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरासँग भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्श...
जेष्ठ १८ गते, २०८३ - १७:२१
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। सोमबार प्रतिन...
जेष्ठ १८ गते, २०८३ - १७:१२
काठमाडौं । विपक्षी दलहरूले निरन्तर अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक म...



प्रतिकृया लेख्नुहोस्: