Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै  बैठकले संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ।  विमली २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्यको रुपमा निर्वाचित भए। उनको चैत ७ गते निधन भएको थियो।

यस्तै दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा राष्ट्रिय सभा सदस्य डाक्छ। बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्ड किन गए खप्तड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड गएका छन्। आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन...

कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने निश्चित ! निर्णायक भएपछि राप्रपाको नजर मुख्यमन्त्रीमा

माओवादीले थाल्यो समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा सरकार गठनको पहल

सन्दीप लामिछाने गए दक्षिण अफ्रिका

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन्।  सन्दीप सोमबार राति दक्षि...

गलेश्वरको आम्दानी ११ महिनामा करोड नाघ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालू आर्थिक वर्षको ११ महिनाका अवधिमा १ करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँ...

संसद्का दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र...

नागरिकता विधेयकबारे लोसपा- राष्ट्रपतिको कदम ऐतिहासिक, सर्वोच्चको आदेशप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकाम...

अर्थ मन्त्रालयको प्रष्टीकरण- बजेट बनाउन अनधिकृत व्यक्तिको संलग्नता छैन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयले ...

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को ज...

देउवालाई गगनको जवाफ- नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्...

शिक्षा मन्त्रालयमा बजेटको ७५ प्रतिशत तलब भत्तामा खर्च

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ ।  करिब साढे ३ लाखक...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page