काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’मा अन्तिम टुंगो लाग्नेछ ।
मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेका छन् । सत्तारूढ गठबन्धनभित्र नेपाली कांग्रेसले एक राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक राज्यमन्त्रीसहित ३÷३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले दुई मन्त्रालय पाउनेगरी प्रचण्डले आन्तरिक भागबन्डा गरेका छन् ।
जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), आमजनता पार्टी (आजपा), राष्ट्रिय जनमोर्चासहितका साना दललाई समेत एक÷एक मन्त्रालय छुट्याइएको बालुवाटर स्रोतको जनाएको छ ।
कुन दलबाट को हुँदै छन् मन्त्री ?
कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोही बैठकबाट मन्त्री हुने नेताको नामावली टुंगो लाग्ने बताइएको छ । माओवादी केन्द्रले दुई मन्त्रीलाई हेरफेर गर्ने भएको छ ।
भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र सहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको छ ।
एकीकृत समाजवादीले पार्टीका तर्फबाट नेतृत्व गरेर उपाध्यक्ष एवं संस्थापक महासचिव डा बेदुराम भुसाललाई पठाउँदै छ । भुसाल हालसम्म मन्त्री भएका छैनन् । उनलाई सरकारमा पठाउने निश्चित गरेरै महासचिवबाट बढुवा गरेर उपाध्यक्ष बनाएर महासचिवको जिम्मेवारी घनश्याम भुसाललाई पार्टीले गत साता दिएको हो ।
यस्तै, एकीकृत समाजवादीले उपमहासचिव प्रकाश ज्वालालाई समेत मन्त्री बनाउने भएको छ । भुसाल, ज्वाला र भानुभक्त जोशी एकीकृत समाजवादीबाट मन्त्री बन्नेछन् । जोशी राज्यमन्त्री बन्ने सम्भावना छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मन्त्री बन्ने तीनजनाको नाम फाइनल गरेको छ । डोलप्रसाद अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये तीन जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ । गृह मन्त्रालय पाएको रास्वपाले यसपालि गृह मन्त्रालय नपाउने निश्चित छ । गृह माओवादीले आफैंसग राख्नेछ ।
लोसपाबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । यस्तै, आम जनता पार्टी अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहसमेत मन्त्री हुने चर्चा छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - ०९:२७
काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...
चैत्र ८ गते, २०८२ - ०९:२१
झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...
चैत्र ८ गते, २०८२ - ०९:१६
पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...
चैत्र ८ गते, २०८२ - ०८:११
काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...
चैत्र ८ गते, २०८२ - ०८:०८
काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...
चैत्र ८ गते, २०८२ - ०८:०२
काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । निर्वा...
चैत्र ८ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ। यसअ...
चैत्र ८ गते, २०८२ - ०७:४८
बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...
चैत्र ८ गते, २०८२ - ०७:४६
भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...
चैत्र ८ गते, २०८२ - ०७:४२
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...


प्रतिकृया लेख्नुहोस्: