Ntc summer Offer
Khabar Dabali ३ श्रावण २०८२ शुक्रबार | 18th July, 2025 Fri
Investment bank

दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

खबरडवली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ ।  बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छन् । अबेर भए तेल्लोकमै बास बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् ।

हरेक तीन महिनामा यसरी धाएको लामो समय भयो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न कठिन हुँदै गए पनि भत्ता लिन आफैँ पुग्नुपर्ने उनको बाध्यता हो । यता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६९ वर्षीय थरमान सार्की करिब चार घण्टा पैदल हिँडेर गाउँपालिकाको केन्द्र साब्लाखुमा भत्ता थाप्न पुग्ने गरेका छन् । त्यहाँ लक्ष्मी बैंकको शाखा छ ।

बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने र गाडीमै जाँदा पनि उत्तिकै दुखाइ र थकान हुने उनले बताए । “कहिले भनेको बेला गाडी पाउँदैन हिँडेरै पुग्छु, कहिले गाडी पाउँदा गाडीमै जान्छु, तर बूढो भइयो हिँड्दा पनि र गाडीमै चढ्दा पनि सहज छैन”, उनले भने ।

यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिने उहाँनीहरू मात्रै नभई दूरदराजका गाउँमा बसोबास गर्ने थुप्रै वृद्धवृद्धा छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् ।

“उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ”, वृखबहादुर सार्कीले भने ।    आर्थिक अवस्था कमजोर बनेका वृद्धवृद्धाले शरीरको दुखाइ र थकानको महसुस नगरी हिँड्ने हिम्मत गरेको पाइन्छ । सवारी साधनमै ओहोरदोहोर गर्दा पनि वृद्ध शरीरलाई गाह्रो हुने गरेको उनीहरू बताउँछन् ।

कतिपय गाउँका हिँड्डुल गर्न नसक्ने अशक्त वृद्धवृद्धाको भत्ता वडाको सिफारिससहित आफन्तले पु¥याइदिन्छन् । केहीले संरक्षक राखेर पनि उनीहरूमार्फत भत्ता निकाल्ने गरेका छन् । तर प्रायजसोले संरक्षक राखेका छैनन् । भत्ता थापेर आफैँ खर्च गर्लान् भन्ने शङ्काले संरक्षक नराखेको हुन सक्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेका भुपाल मंरातीले बताए ।

उनी वडा कार्यालयमा कार्यरत छन् । यता आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका वडाध्यक्ष ललित राईले गाउँका अशक्त र बिरामी अवस्थाका वृद्धवृद्धाको चेक सङ्कलन गरेर भत्ता निकासा गरी घरमै लगिदिने गरेका छन् । गाउँ कार्यपालिकाले वडाध्यक्षमार्फत घरमै लगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेपछि वडाध्यक्षले चेक सङ्कलन गरी भत्ता बाँड्ने गरेका हुन्। 

“बैंकसम्म पुग्न कठिन अवस्थाका वृद्धवृद्धालाई सहज होस् भनेर वडाध्यक्षमार्फत चेक सङ्कलन गरी सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय गरेर कार्यान्वयन भइरहेको छ”, गाउँपालिका अध्यक्ष दीपेन पोमुले भने । अन्य स्थानीय तहमा भने घरमै लगेर बाँड्ने योजना छैन । “अहिलेसम्म गाउँपालिकाको केन्द्रमा रहेको बैंकमै आएर सामाजिक सुरक्षा भत्ता लैजान्छन्, टाढाका मानिसलाई भने अप्ठ्यारो देखिएको छ, उनीहरूको सहजताका लागि विकल्प सोचिरहेका छौँ”, सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने ।  

स्थानीय तह आउनुभन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपामा रडाको- लिङ्देनमाथि चार पदाधिकारीको संयुक्त काउन्टर, पार्टीमा एकलौटी अस्वीकार्य

काठमाडौं । राप्रपाका चार नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको आरोप लगाएका छन्।  वरिष्ठ उपाध्यक्ष विक्...

एमालेमा विद्याको कमब्याकले ल्याएको तरंग- ईश्वरले ओलीलाई नेतृत्व छाड्नुस् भनेपछि बैठकमा नोकझोक

ओलीको जवाफ- तपाईं कर्ण थापाको कुरा बोकेर नआउनुस्

एमाले नेतृत्वमा आउन नदिन ‘घेराबन्दीमा विद्या’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्व...

श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘श्रमिकको समृद्धिबिना राष्ट्रको समृद्धि असम्भव रहेको उल्लेख गरेका छन्। सरकारले श्रमिकको न्यूनतम पारिश्रमि...

कालीमाटीमा च्याउको मूल्य १ दिनमै ९० रुपैयाँ घट्यो, प्याज पनि सस्तियो

काठमाडौँ । कालीमाटी तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज च्याउ, प्...

झोलाभरि पैसा बोकेर मालपोतदेखि मन्त्री निवाससम्म पुग्थे बिचौलिया सुजन

काठमाडौं ।  पोखरा–२५, हेम्जाको सुकुम्बासी टोलमा घर रहेको बताउने बिचौलिया सुजन लामा (तामाङ) दिनदिनैजसो कास्की मालपोत कार्यालय धाउँथे । उनको हातभरि फाइल...

४० मेगावाट क्षमताको राहुघाटको म्याद तेस्रोपटक थपियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्...

मौसम पूर्वानुमान- चार प्रदेशमा अत्यधिक वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आ...

एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्तावमा हुनेछ छलफल

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा पार्टी विधान संशोधन सम्बन्धी प्रस्तावमाथि गहन छलफल हुने एमाले सचिव योगे...

नेकपा एस र राष्ट्रिय एकता अभियानबीच आज एकता हुँदै

वामदेव गौतम अध्यक्ष नेपाल र नेता खनालपछि तेस्रो वरियतामा रहने

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending