Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

रानीमहलमा सेल्फी खिच्दै ओलीले भने ‘कच्चा प्रेम नगर्नू’

खबरडवली संवाददाता

काठमाडौं । प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए ।

यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो । ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’

पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले युवायुवतीलाई कच्चा प्रेम नगर्न सुझावसमेत दिए । ‘सानोतिनो मनमुटावले सम्बन्ध तोड्नु राम्रो होइन,’ ओलीको सुझाव थियो । ओलीको सुझावमा साथ दिँदै पत्नी राधिका शाक्यले प्रेम सम्बन्ध राणा खड्गशमशेर र रानी तेजकुमारीको जस्तै बलियो हुनुपर्ने टिप्पणी गरिन् ।

केहीबेर दरबार क्षेत्र घुमेपछि अध्यक्ष ओलीले १ सय २५ वर्षअघि बनेको पुरातात्विक महत्वको दरबार हेर्नलायक भएको टिप्पणी गरे । पछिल्लो समय यस क्षेत्रमा विकास हुनुको जस पनि उनले रानीमहललाई नै दिए ।

‘रानीमहलकै कारण यस क्षेत्रको विकास निर्माण सुरु भएको छ, सडक कालोपत्रे भएको छ,’ ओलीले भने, ‘हामीहरूलाई तानेर यसैले यहाँसम्म ल्यायो ।’ चारैतिर जंगल भएको क्षेत्रमा प्रेमको सम्झनामा बनाइएको रानीमहल देश विदेशमा बस्नेहरूलाई एकपटक हेर्न ओलीले सुझावसमेत दिए ।

विदेशीहरूलाई प्रेम के हो भन्ने ’दयगत बुझ्न र इतिहास’दयगत जानकारी लिन पनि रानीमहल पुग्नैपर्ने ओलीको सुझाव थियो । यहाँका प्राकृतिक सम्पदाको प्रशंसा गरेका ओलीले भने, ‘तनावमुक्त हुन पनि रानीमहल पुग्नैपर्छ ।’

कालीगण्डकीको भेलले रानीमहल दरबारको जग कटान गरेको सुनेको भन्दै उनले जग कटान रोक्न, तटबन्ध गर्न आवश्यक परेकाले रकम विनियोजन गरी इतिहास, प्रेमको तीर्थस्थल बचाउन सरकारलाई अनुरोध गरे ।

ओली दम्पती टिकट काटेर दरबार छिरेका थिए । ओलीसहितको टोलीलाई एमाले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र एमाले नागरिक उड्डयन तथा पर्यटन विभाग पाल्पाले सम्मान गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending