Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

आलुको पहाड निर्माणका लागि आलु संकलन हुँदै

खबरडबली संवाददाता

पोखरा । विष्णु पादुका क्लब पोखरा महानगरपालिका–२५ हेमजाको आयोजनामा हुने ११ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको आकर्षण आलुको पहाड निर्माणार्थ आलु सङ्कलन भइरहेको छ ।

यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा निर्माण गरिने आलुको पहाडका लागि आलु सङ्कलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।

हालसम्म ५० केजीको पाँच सय ५० बोरा आलु सङ्कलन भइसकेको जानकारी दिँदै उहाँले अब ५० बोरा सङ्कलन गर्न बाँकी रहेको बताए । हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवका लागि यहाँको आलुले पुग्ने उल्लेख गर्दै उहाँले बाहिरी आलु ल्याएर महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आलुका साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उनको भनाइ छ ।

महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भइरहेको महासचिव वसन्तकुमार श्रेष्ठले बताए । कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषकबीच कृषि साझा सवाल आयोजना गरिने जानकारी दिँदै उहाँले महोत्सवका लागि विभिन्न कृषि निकायसँग समन्वय भइरहेको र आलुका साथै रैथाने बालीको प्रदर्शन गरिने बताए ।

महोत्सवको समायावधि नजिक आइरहँदा बुधबारसम्म स्टल निर्माणसँगै बुकिङ भइरहेको स्टल तथा रेष्टुराँ उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए । उनका अनुसार केही कृषि तथा रेष्टुराँका स्टल बुकिङ भइसकेको छ ।

‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता आदि हुने जनाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: