कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् ।
पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिए ।
“पछिल्लो केही दिनयता बाघको बिगबिगी भयो, बस्ती नजिकै बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरेका छौँ”, उनले भने, “अहिले बाघ देखिएको ठाउँमा क्यामेराले निगरानी गरिरहेका छौँ, एक साता हेर्छौं कस्तो नतिजा आउँछ, नभएपछि अर्को ठाउँमा क्यामेरा सार्छौं ।”
उहाँका अनुसार पुर्नर्वास–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी–२ को थापाचोक नजिक स्वाचालित क्यामेरा जडान गरिएको छ । यी क्षेत्रमा केही दिनअघि गाउँ नजिकै बाघ देखिएको थियो । चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुर्नर्वास–१० मदनटोलकी ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो । पुर्नर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि स्थानीय त्रसित छन् । उनीहरु त्रासले रातभर जाग्राम बस्न बाध्य छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताउनुभयो । “गाउँ नजिकै बाघ देखिएपछि स्थानीयमा त्रास छ, बाघ एउटै ठाउँमा बस्दैन, त्यही पनि एक साता क्यामेराले निगरानी गरेपछि त्यो क्षेत्रमा बाघ छ वा छैन भन्ने निक्र्यौल हुन्छ”, उनले भने, “त्यसले स्थानीयको त्रासलाई केही हदसम्म कम गर्नेछ ।”
अहिले पर्याप्तमात्रामा क्यामेरा नहुँदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ । एक साता ती क्षेत्रको अनुगमनपछि अन्यत्र ठाउँमा पनि बाघको निगरानीका लागि तिनै क्यामेरा सारिने उहाँले बताउनुभयो । पुर्नर्वासको सीमासँगै जोडिएको भारतको दुधुवा नेशनल पार्कबाट बाघ नेपालतर्फ बस्ती पस्ने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: