Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

दुर्घटना न्यूनीकरण गर्न नियमित यातायात मजदुरलाई मासिक प्रशिक्षण

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । सङ्घीय राजधानीपूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमितरूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ । 

चालकहरूको लापरवाहीले दैनिकरूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनीमाफर्त कार्यरत चालक, सहचालक तथा परिचरका लागि मासिकरूपमा अभिमुखीकरण तालिम सञ्चालन गरेको हो । 

यातायातले प्रत्येक महिनाको २३ गते मजदुरलाई ट्राफिक नियम, यात्रुसँग गरिने व्यवहार, यातायातसम्बन्धी नियम, कानुनलगायतका विषयमा प्रशिक्षण दिन सुरु गरेको पूर्व अरनिको यातायात कम्पनीका अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिए । 

प्रशिक्षणमा न्यूनतम एक सय बढी मजदुर तालिममा सहभागी हुने गरेको र अहिले दुर्घटनामा समेत कमी हुँदै गएको उनले बताए ।  

यातायात क्षेत्रका विज्ञ, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सरकारी वकिललगायतका यातायतसँग सरोकारवाला विज्ञहरू ल्याएर मजदुरलाई प्रशिक्षण दिने गरिइएको छ । अध्यक्ष क्षेत्री आफैँले यातायात मजदुरलाई यात्रुसँग कसरी राम्रो व्यवहार गर्ने र दुर्घटना न्यूनीकरण कसरी कमी गर्ने भनेर प्रशिक्षण दिँदै आएका छन्। 

पूर्व अरनिको यातायात सञ्चालन हुने जिल्लामा छुट्ने बसहरूको ‘काउन्टर’मा प्रत्येक दिन बिहान पुगेर बसका चालक, सहचालकसँग भेटघाट गरेर यात्रुप्रति जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई आग्रह गर्दै काउन्टरमा  जाने गरेको अध्यक्ष क्षेत्रीले बताए । 

“हामी अब कोर्ष नै बनाएर मजदुरलाई प्रशिक्षण दिने योजनामा छौँ”, उनले भने, “कोर्ष निर्माण गरेर सिकायौँ भने सबै मजदुरका लागि राम्रो हुन्छ ।” राजधानीपूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत १६ बढी जिल्लामा अरनिकोले विगत ५० वर्षदेखि नियमित यातायात सञ्चालन गर्दै आइरहेको छ ।

अहिले अन्य जिल्लामा समेत यातायात सञ्चालनका लागि दैनिकरूपमा त्यस क्षेत्रका जनप्रतिनिधिले आग्रह गर्दै पत्र आउने गरेको र आफूहरू अन्य जिल्लामा समेत यातायात सेवा विस्तारका लागि सकारात्मक रहेको पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending