Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

ढाका कुमारको प्रष्टीकरण- अडियो इडिट गरेर नियोजित रुपमा फसाउन खोजियो

अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाही गर्ने चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् । 

ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गर्दै आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत भनेका छन् ।

उनले सम्बादमा बोलेका अभिव्यक्तिहरु आफ्नो नभएको जिकिर गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग रकम मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो ।

तर श्रेष्ठको सचिवालयले भने सो अडियोमा भनेको जस्तो ढाका कुमारलाई मन्त्री बनाउने कुरा पार्टीमा नउठेको र यो योजनाबद्ध ढंगले श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउने उद्देश्यले प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढ्नेसमेत श्रेष्ठको सचिवालयले जनाएको छ ।

सो अडियो सार्वजनिक भएपछि रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै त्यसबारे छानबिन थालेको जनाएको छ । छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending