Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम

खबरडबली संवाददाता

भरतपुर । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा कम रहेको थियो ।  

आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत रहेको छ । पेश्कीबाहेकको यो बेरुजु सबैभन्दा बढी वीरगन्जको सात दशमलव ९४ प्रतिशत, काठमाडौँको एक दशमलव ४५ प्रतिशत, विराटनगरको तीन दशमलव ५८ प्रतिशत, ललितपुरको दुई दशमलव २२ प्रतिशत र पोखराको पाँच प्रतिशत रहेको छ । पेश्कीबाहेक बेरुजुमा अघिल्लो वर्ष भरतपुरको शून्य दशमलव २५ प्रतिशत रहेको थियो ।

लेखा परीक्षणको तुलनामा बेरुजु प्रतिशत भरतपुरको शून्य दशमलव ०९ प्रतिशत छ भने सबैभन्दा बढी वीरगन्जको नौ दशमलव १२ प्रतिशत रहेको छ । त्यस्तै विराटनगरको तीन दशमलव ९२, काठमाडौँको दुई दशमलव ६०, ललितपुरको सात दशमलव ०४ र पोखराको पाँच दशमलव ५४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा भरतपुरको बेरुजु शून्य दशमलव ५६ प्रतिशत रहेको थियो ।

सो आर्थिक वर्षमा पनि भरतपुरको बेरुजु सबैभन्दा कम थियो । त्यस वर्ष विराटनगरको सबैभन्दा बढी १७ दशमलव ५७ प्रतिशत, वीरगन्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौँको पाँच दशमलव ४० प्रतिशत र पोखराको ५ दशमलब ३५ प्रतिशत रहेको थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजुमध्ये पेश्कीसहितको बेरुजु रकम विराटनगरको रु २२ करोड ९५ लाख, वीरगन्जको रु ६७ करोड ७८ लाख, काठमाडौँको रु ६६ करोड १९ लाख, ललितपुरको रु ६१ करोड ९० लाख तथा पोखराको रु ७० करोड ६५ लाख छ भने भरतपुरको रु ६६ लाख मात्र छ । गत वर्ष विराटनगर महानगरपालिकाको लेखा परीक्षणको रकम रु पाँच अर्ब ८५ करोड ३३ लाख, वीरगञ्जको रु सात अर्ब ४३ करोड ४९ लाख, काठमाडौँको रु २५ अर्ब ४१ करोड ८८ लाख, ललितपुरको रु आठ अर्ब ७९ करोड ७९ लाख, भरतपुरको रु छ अर्ब ९६ करोड २६ लाख र पोखराको रु १२ अर्ब ७४ करोड ७५ लाख रहेको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताउनुभयो । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम भएको उहाँले बताउनुभयो । गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा  समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको दाहालले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको उहाँको भनाइ थियो । जसको लागि सम्पर्क व्यक्ति तोकी बेरुजु फछ्र्यौटको काम गर्दै आइएको छ । आगामी दिनमा बेरुजु फछ्र्यौट केन्द्र स्थापना गरी अगाडि  बढ्ने महानगरपालिका प्रमुख दाहालले बताउनुभयो  । विगत आर्थिक वर्षको सबै बेरुजुलाई फछ्र्यौट गर्दै जाने महानगरपालिकाले जनाएको छ ।

उहाँले भन्नुभयो, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिनुभयो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले कुशल र मितव्ययी नेतृत्व एवं पारदर्शी कार्यशैलीकै कारण बेरुजु रकम घटाउन सफल भएको बताउनुभयो । खर्चमा गरिएको मितव्ययिता नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको उहाँ बताउनुहुन्छ । महानगरले तहगतरूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको प्रमुख दाहालको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको ...

सरकारका राम्रा काममा साथ, बेथितिविरुद्ध सधैँ आवाज उठाउँछौँ- ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारका सकारात्मक काममा आफ्नो पार्टीको समर्थन रहने तर जनविरोधी र बेथितिपूर्ण कामको निरन्तर विरो...

ऊनको स्वीटर उत्कृष्ट चलचित्र घोषित, मदनकृष्ण श्रेष्ठ दीर्घ साधना सम्मानबाट सम्मानित

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्...

विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् ।   सभाको आजको बैठक...

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन हर्क साम्पाङको पुन: माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...

एकैदिन सुन तोलामा १० हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल

धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending