Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता विज्ञापन गरिएको भेटिएमा कारबाही गरिनेसमेत बोर्डले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक तथा झुटा विज्ञापनउपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विव्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

सञ्चार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधीजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको सञ्चारमन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जालमार्फत विभिन्न औषधीजन्य सामग्रीको भ्रामक प्रचारप्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने 

आधारभूत मापदण्डसमेत उल्लङ्घन भएको विषयमा उजुरीसमेत परेका छन् । यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुटा दाबीका आधारमा आर्थिक ठगीसमेत हुने जोखिम बढाएको बोर्डको भनाइ छ ।

बोर्डले विशेष गरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, किड्नी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउनेलगायत दाबी गरिएका औषधीजन्य पदार्थ तथा अन्य समान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जालमार्फत व्यापक रूपमा भइरहेको जनाएको छ । यस्ता सामग्रीको प्रभावकारिताबारे वैज्ञानिक आधार, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणबिना आकर्षक प्रचार सामग्री तयार गरी सर्वसाधारणलाई भ्रमित बनाउने कार्य बढ्दो व्रmममा रहेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डद्वारा जारी सूचनामा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानूनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, बिव्रmेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्तासहित सबै पक्षलाई सचेत गराइएको छ । कानुनविपरीतका विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा आर्थिक हितमा प्रतिकूल असर पु(याउने भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुनसमेत बोर्डले आग्रह गरेको छ ।

यसै गरी बोर्डले चिकित्सकको सिफारिसमा मात्र बिक्रीवितरण गरिने औषधीको समेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो आएको जनाएको छ । आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधी वा सामग्रीको प्रचारप्रसारले भ्रम र अफवाह फैलाउने तथा सर्वसाधारणलाई गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम रहेको बोर्डको निष्कर्ष रहेको सूचनामा उल्लेख छ । यस्ता भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण भएको पाइएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न पनि बोर्डले अनुरोध गरेको छ । प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रव्रिmया अगाडि बढाइने जनाइएको छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन हर्क साम्पाङको पुन: माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...

एकैदिन सुन तोलामा १० हजार ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...

खडेरीले किसान चिन्तित, बारीमै सुक्यो मल

धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...

सामाजिक सञ्जालमार्फत भइरहेका भ्रामक विज्ञापन हटाउन निर्देशन

काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...

माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो

इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...

असार लागेसँगै धमाधम अनुगमन

हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...

युद्धबन्दी नेपालीको रिहाइका लागि कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...

ऊर्जा र सिँचाइका लागि १ खर्ब १४ अर्ब बजेट, फर्पिङ र पनौती जलविद्युत् केन्द्रलाई सम्पदा सूचीमा राखिने

आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending