Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन

खबरडबली संवाददाता

मनाङ । हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन । 

मनाङका विभिन्न नदी खोला नदीमाथि बन्न लागेका पुलका लागि बजेट आए पनि काम हुनसकेको छैन । मस्र्याङ्दी नदीमाथिको पुल, दूधखोलालगायत नदी खोलामाथि पुल निर्माण गर्न बजेट विनियोजन भए पनि कामले गति लिन नसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिनुभयो । ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको हो ।

“चालु आर्थिक वर्र्षमा जिल्लामा पाँच पुल निर्माण गर्न बजेट विनियोजन भएको छ, दुई पुलको काम सकिएको छ, अन्यको प्रक्रिया नै अगाडि बढेको छैन”, विष्टले भन्नुभयो, “एउटा पुल निर्माण सम्पन्न भए पनि बाढीपहिराका कारण भत्किएको छ, त्यसलाई पुनःनिर्माण गर्नुपर्ने छ ।”

निर्माणमा संलग्न कम्पनीका प्रतिनिधिलाई प्रमुख जिल्ला अधिकारीमार्फत ताकेता गर्ने काा भइरहेको उनले बताए । मनाङमा बन्ने सबै पुल निर्माणका लागि प्रतिपुल रु दुई करोडका दरले बजेट विनियोजन भएको छ । सबै पुलको सम्झौता असार मसान्तमा सकिन्छ, तर काम भने अगाडि बढ्न सकेको टैन । 

चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्य पूर्णरूपमा रोकिन्छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचना निर्माणकार्यका काम थपिएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रोलगायतको विकास निर्माणका कार्यमा समस्या हुन्छ ।

यतिबेला मनाङमा मौसम अनुकूल रहेको छ । यसले गर्दा कामले गति लिनुपर्ने हो । तर त्यस्तो हुन नसकेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए। “केही निर्माणका कार्य भइरहेका छन्, पुलको काम अगाडि बढाउन ठेकेदारलाई सम्पर्क गर्ने काम भइरहेको छ”, उनले भने ।

हिउँदमा हिमपातका कारण सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण गर्न सकिन्छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधार निर्माणकार्य पूर्णरूपमा रोकिने गर्दछ । हिउँदमा जिल्लाको चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिँदैन । मनाङको मेरुदण्डको रूपमा रहेको चामे–बेँसीसहर सडकखण्डको निर्माण पनि मौसम अनुकूल भएपछि निर्माणको काम भइरहेको छ । प्रायःजसो मनाङको विकास निर्माणको काम तीनदेखि पाँच महिनासम्म गर्न सकिन्छ ।

उक्त सडकखण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिकरूपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलान गरिएको छ । सडकखण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ–छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 

डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा सङ्घ सरकारले कुल रु ६० करोड विनियोजन भएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending