काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बासस्थान गुमाउँदा हुन सक्ने स्वास्थ्य समस्या र मनोसामाजिक तनावलाई सम्बोधन गर्न विशेषज्ञ चिकित्सकको टोली शिविरमा परिचालन गरिएको हो ।
शिविरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोली खटिएका छन् । शिविरमार्फत हालसम्म ६८ जना विस्थापित नागरिकले स्वास्थ्य सेवा लिइसकेका छन् ।
विशेष गरी विस्थापित नागरिकमा बालरोग, स्त्रीरोग, दन्त उपचार र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । बसोबास गुमाउँदा उत्पन्न हुन सक्ने मानसिक तनाव र सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै पाटन मानसिक अस्पतालको टोलीले विशेष परामर्श सेवा दिइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
उपचार प्रक्रिया अन्तर्गत बिरामीलाई शिविरमै नि:शुल्क औषधि र परामर्श उपलब्ध गराइएको छ । शिविरमा उपचार सम्भव नहुने जटिल समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि सम्बन्धित सरकारी अस्पतालमा 'रेफर' गर्ने व्यवस्था मिलाइएको छ ।
यसैबिच, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरमा आँखा र दाँतको उपचार गराउने सेवाग्राहीको उल्लेख्य आकर्षण देखिएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य सेवा विभागको समन्वयमा पर्याप्त जनशक्ति र औषधिको व्यवस्थापन गरिएको जानकारी दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...



प्रतिकृया लेख्नुहोस्: