Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

बारा २ मा रोचक चुनावी प्रतिस्पर्धा, उपेन्द्रलाई जनमतका कुशवाहा र घण्टीको टक्कर

मधेशमा उपेन्द्र र सिके राउतको प्रतिष्ठाको लडाईं

खबरडबली संवाददाता

काठमाडौं । मुख्य दलले प्रतिष्ठाको विषय बनाएको देखिएकाले देशका तीन जिल्लाका तीन क्षेत्रमा हुने वैशाख १० गतेको उपचुनावलाई महत्वका साथ हेरिएको छ।

तीनमध्येको एक क्षेत्र बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्। उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पुरुषोत्तम पौडेलले चुनौती दिइरहेका छन्।

उक्त क्षेत्रमा रोचक कुरा के छ भने प्रधानमन्त्रीलाई समर्थन दिए पनि सरकारबाहिर रहेका जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि आफ्ना उम्मेदवार उठाएका छन्।

अघिल्लो चुनावमा एमालेसमेत समर्थन पाएका जसपका रामसहायप्रसाद यादवसँग केही सय मतले पराजित माओवादी नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीबाट उम्मेवार बनेका छन्।

रास्वपाले चर्चित पूर्व प्रहरी अधिकृत रमेश खरेललाई मैदानमा उतारेको छ। बाराको उपनिर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको विश्लेषकहरू बताउँछन्।

बढ्दो सक्रियता

चुनाव नजिकिँदै जाँदा बारामा चुनावी सरगर्मी बढिरहेको देखिन्छ। नेता तथा कार्यकर्ताहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा प्रचारप्रसार गरिरहेका छन्।

बारा-२ मा कुल ३६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारहरूले मतदातालाई आफ्नो पक्षमा तान्न विभिन्नखाले आश्वासन पनि दिइरहेका छन्।

कतिपयले त गीत र सङ्गीतका माध्यमबाट मनोरञ्जनात्मक ढङ्गले पनि मत मागिरहेको देखिएको छ।

उम्मेदवार के भन्छन्?

उपचुनावको मिति नजिकिँदै जाँदा उम्मेदावरहरूले आफूले जित्ने दाबी गरिरहेका छन्। उनीहरूले आ-आफ्ना एजेन्डाहरू पनि जनतासमक्ष लिएर गइरहेको देखिएको छ।

गत मङ्सिरमा भएको चुनावमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव उपचुनावमा बाराका उम्मेदवार बनेका हुन्।

उनी भन्छन्, “यहाँका जनता अत्यन्त उत्साहवर्द्धक भएको देख्छु। बारा जिल्लाको प्रतिनिधित्व गर्न र बारा जिल्लामा विकास निर्मणको कार्य अघि बढाउन अनि शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी, खानेपानी र आवासजस्ता मह्त्वपूर्ण समस्या समाधान गर्न मैले यहाँ उम्मेदवारी दिएको हो।”

बाराको छिमेकी पर्सा जिल्लामा प्रहरी प्रमुख रहिसकेका तथा गत मंसिरमा काठमाण्डू-१ बाट पराजित रमेश खरेल पनि उपनिर्वाचनका लागि बारामा झरेका छन्।

उनी भन्छन्, “हामी अहिले प्रत्येक घरघरमा गइरहेका छौँ। उहाँहरूले सबै नेताहरूलाई गाली गर्नुहुन्छ। तिमी नेताले के गर्‍यौँ? अहिलेसम्म ३३ वर्षसम्म के गर्‍यौँ? भोट लिन्छौँ, जान्छौँ र घूस खान्छौँ भन्नुहुन्छ। मैले देशमा भएको त्यस्तै कुशासनविरुद्ध लड्नका लागि यहाँ उम्मेदवारी दिएको हुँ।”

त्यस्तै विसं २०६४ को संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट चुनाव जितेका तर गत प्रतिनिधिसभाको निर्वाचनमा जसपाका रामसहायप्रसाद यादवसँग ३५४ मतले मात्र पराजित शिवचन्द्र कुशवहा पनि पुन: उम्मेदवार बनेका छन्।

गत मंसिरमा माओवादी केन्द्रका उम्मेदवार रहेका उनले पार्टी परित्याग गर्दै अहिले जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्।

उनी भन्छन्, “मैले शुभकामना पाइरहेको छु। म यहाँका जनताको सेवा गर्दै आएको व्यक्ति हुँ। जनताको आवाज संसद्‌मा गएर उठाउने र बजेट ल्याएर विकास गर्ने हिसाबले मैले उम्मेदवारी दिएको हुँ।”

मतदाता के भन्छन्?

उपनिर्वाचनबाट छानिने प्रतिनिधिले आफ्ना समस्याहरू समाधान गर्न पहल गरुन् भन्ने मतदाताको अपेक्षा छ।
उनीहरूले उक्त क्षेत्रबाट जितेर जाने उम्मेदवारले गर्नुपर्ने कामका अनेकौँ सूची सुनाउँछन्।

एकजना स्थानीयवासी इन्दू देवी भन्छिन्, “हाम्रो गाउँठाउँको राम्रो विकास होस् भन्ने हाम्रो भनाइ छ। बालबालिकाले सहज रूपमा शिक्षा र स्वास्थ्यको सुविधा पाउन्। त्यस्तो गर्नसक्ने व्यक्तिलाई हामीले भोट हाल्छौँ।”

उनी आफ्नो क्षेत्र कतिपय भौतिक पूर्वाधारका हिसाबले पनि कमजोर अवस्थामा रहेको बताउँछिन्।

‘चर्को प्रतिस्पर्धा’

बाराको उपनिर्वाचनमा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको विश्लेषकहरूले बताएका छन्। उनीहरूका भनाइमा अहिले उम्मेदवारहरूले मतदातालाई फकाउन अनेकौँ उपायहरू गरिरहेका छन्।

एकजना विश्लेषक चन्द्रकिशोर भन्छन्, “यहाँ अहिले चर्को प्रतिस्पर्धा देखिएको छ। एकभन्दा अर्कोले आफूलाई अब्बल देखाउन उनीहरू अनेकौँ कसरत गरिहरेका छन्।”

“भूइँ तहमा उनीहरूको सक्रियता बढेको छ। यो सक्रियता बढाउन स्थानीय मात्र होइन, अन्य क्षेत्रबाट पनि नेता र कार्यकर्ता आएका छन्।”

उक्त निर्वाचन क्षेत्रमा कुल दुई लाख तीन हजार जनसंख्या रहेको छ भने मतदाताको सङ्ख्या एक लाख पाँच हजार दुई सय ४८ रहेको छ। कुल मतदातामध्ये ५६ प्रतिशत पुरुष र ४४ प्रतिशत महिला छन्।

विभिन्न ६ वटा स्थानीय तहका ४४ वटा वडा समेटिएको उक्त निर्वाचन क्षेत्रमा गत मंसिरको चुनावमा ६४.४४ प्रतिशत मत खसेको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending