Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

खबरडबली संवाददाता

चितवन । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ ।
 
नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।
 
सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ ।
 
नगरपालिकाका इन्जिनियर पङ्कज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहरमैला व्यवस्थापनमा रु एक करोडदेखि एक करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो । ट्र्याक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो । जनप्रतिनिधि आएसँगै फोहरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य फोहर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक रु ४२ लाख आम्दानी हुने गरेको छ ।
 
अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक रु १० लाख मात्रै थियो । उहाँका अनुसार नगरपालिकाले फोहर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ । वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ ।
 
नगरपालिकाले सौराहालगायतका क्षेत्रमा रहेका अधिकांश होटलमा प्लास्टिकको प्रयोगमा कडाइ गरिएको छ । फोहरको मात्राको आधारमा दैनिकदेखि दुई सातासम्म पालो गरेर उठाउने गरिएको छ । इन्जिनियर गिरीको भनाइमा मासिक रु २५ देखि ठूला होटलले रु तीन हजार पाँच सयसम्म फोहर व्यवस्थापनका लागि खर्च गर्दै आएका छन् । घरघरमा कम्पोष्ट मल बनाउन लगाइएको छ भने घर बनाउँदा उच्चस्तरको सेफ्टीट्याङ्की बनाउन अनिवार्य गरिएको छ । 
 
बजार क्षेत्रमा कागजको झोला ९पेपर ब्याग० को प्रयोगलाई प्रोत्साहन गरिएको छ । वडा नं ५, ६ र ७ मा क्लिन सिटी अभियान गैरसरकारी संस्थासँग मिलेर सञ्चालन गरिएको छ । नगर प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरका चोक बजारमा थुपारिएको फोहर नदेखिने बताए । नगर क्षेत्रमा गुठ्खा, सुर्तीका खोल जस्ता प्लास्टिकजन्य वस्तु फाल्न निषेध गरिएको छ । बजार क्षेत्रका मलमूत्रलाई पाइपलाइनमार्फत वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको छ । जहाँ आठ वटा पोखरीमा मलमूत्र प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । उनले भने, “हामी रत्ननगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउन लागिपरेका छौँ”, यस अभियानमा नगरवासीको सहयोग भएकै कारण सफलता मिलेको उनको भनाइ छ ।
 
नगरपालिकाले रु पाँच हजार डलर राशिको पुरस्कार सहित उत्कृष्ट हुन सफल भएको जनाउँदै उनले नगरपालिकाले गरेका राम्रा अभ्यास अन्य नगरपालिकाले समेत सिको गर्नसक्ने बताए । नगरपालिकाको वडा नं ११ मा ‘ल्याण्डफिल्ड साइड’ छ । नगरपालिकाको वडा नं १, २, १० र ४ सहरी क्षेत्रमा पर्दछ । नगरपालिकाले जनघनत्व धेरै भएका ठाउँबाट फोहर व्यवस्थापनलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
 
यही नगरमा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा पर्दछ । पर्यटकीय नगरी भएकाले यहाँ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । सापकोटाका अनुसार होटल व्यवसायीलाई सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्न आग्रह गरिएको बताए।
 
निकुञ्जसँग जोडिएको नगरपालिका भएकाले फोहरको प्रभाव वन्यजन्तुमा समेत पर्नसक्ने भएकाले त्यसतर्फ पनि विशेष ध्यान पु¥याइएको नगर प्रमुख सापकोटा बताउन्छन् । उपप्रमुख यादव पाठकले नगरपालिकामा आफूहरु आएको एक वर्ष नपुग्दै फोहर व्यवस्थापनमा उत्कृष्ट बनेको जनाउँदै उनले आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending