Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

खबरडबली संवाददाता

चितवन । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ ।
 
नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य तथा वातावरण तथा जनस्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आइरहेको छ ।
 
सो कार्यक्रम प्रभावकारी भएपछि रत्ननगरले पाँच हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो । युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट (युसिएलजी) एसिया प्यासेफिक विल गेट्स एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो । वातावरण संरक्षण तथा सरसफाइका क्षेत्रमा यसले काम गर्दै आएको छ ।
 
नगरपालिकाका इन्जिनियर पङ्कज गिरीका अनुसार जनप्रतिनिधि आउनुपूर्व नगरपालिकाले फोहरमैला व्यवस्थापनमा रु एक करोडदेखि एक करोड २५ लाखसम्म वार्षिक खर्च गर्ने गरेको थियो । ट्र्याक्टर, मजदुर, ल्याण्डफिल्ड व्यवस्थापनमा खर्च हुँदै आएको थियो । जनप्रतिनिधि आएसँगै फोहरको व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य फोहर व्यवस्थापन हुँदै आएको छ । यसका कारण हाल नगरपालिकालाई वार्षिक रु ४२ लाख आम्दानी हुने गरेको छ ।
 
अघिल्लो जनप्रतिनिधि रहँदा यो आम्दानी वार्षिक रु १० लाख मात्रै थियो । उहाँका अनुसार नगरपालिकाले फोहर निजी क्षेत्रलाई उठाउन मात्रै लगाएको छैन, फोहर न्यूनीकरणका लागि जनचेतनासमेत जगाउँदै आएको छ । वडा अध्यक्षको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन गरेर नगरवासीलाई प्लाष्टिकजन्य फोहर न्यूनीकरण गर्दै वातावरणमैत्री अभियान सञ्चालन गरेको छ ।
 
नगरपालिकाले सौराहालगायतका क्षेत्रमा रहेका अधिकांश होटलमा प्लास्टिकको प्रयोगमा कडाइ गरिएको छ । फोहरको मात्राको आधारमा दैनिकदेखि दुई सातासम्म पालो गरेर उठाउने गरिएको छ । इन्जिनियर गिरीको भनाइमा मासिक रु २५ देखि ठूला होटलले रु तीन हजार पाँच सयसम्म फोहर व्यवस्थापनका लागि खर्च गर्दै आएका छन् । घरघरमा कम्पोष्ट मल बनाउन लगाइएको छ भने घर बनाउँदा उच्चस्तरको सेफ्टीट्याङ्की बनाउन अनिवार्य गरिएको छ । 
 
बजार क्षेत्रमा कागजको झोला ९पेपर ब्याग० को प्रयोगलाई प्रोत्साहन गरिएको छ । वडा नं ५, ६ र ७ मा क्लिन सिटी अभियान गैरसरकारी संस्थासँग मिलेर सञ्चालन गरिएको छ । नगर प्रमुख प्रह्लाद सापकोटाले रत्ननगरका चोक बजारमा थुपारिएको फोहर नदेखिने बताए । नगर क्षेत्रमा गुठ्खा, सुर्तीका खोल जस्ता प्लास्टिकजन्य वस्तु फाल्न निषेध गरिएको छ । बजार क्षेत्रका मलमूत्रलाई पाइपलाइनमार्फत वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको छ । जहाँ आठ वटा पोखरीमा मलमूत्र प्रशोधन गरिँदै आएको उनले जानकारी दिए । उनले भने, “हामी रत्ननगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउन लागिपरेका छौँ”, यस अभियानमा नगरवासीको सहयोग भएकै कारण सफलता मिलेको उनको भनाइ छ ।
 
नगरपालिकाले रु पाँच हजार डलर राशिको पुरस्कार सहित उत्कृष्ट हुन सफल भएको जनाउँदै उनले नगरपालिकाले गरेका राम्रा अभ्यास अन्य नगरपालिकाले समेत सिको गर्नसक्ने बताए । नगरपालिकाको वडा नं ११ मा ‘ल्याण्डफिल्ड साइड’ छ । नगरपालिकाको वडा नं १, २, १० र ४ सहरी क्षेत्रमा पर्दछ । नगरपालिकाले जनघनत्व धेरै भएका ठाउँबाट फोहर व्यवस्थापनलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
 
यही नगरमा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा पर्दछ । पर्यटकीय नगरी भएकाले यहाँ ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । सापकोटाका अनुसार होटल व्यवसायीलाई सरसफाइ र वातावरणीय सन्तुलन कायम गर्न आग्रह गरिएको बताए।
 
निकुञ्जसँग जोडिएको नगरपालिका भएकाले फोहरको प्रभाव वन्यजन्तुमा समेत पर्नसक्ने भएकाले त्यसतर्फ पनि विशेष ध्यान पु¥याइएको नगर प्रमुख सापकोटा बताउन्छन् । उपप्रमुख यादव पाठकले नगरपालिकामा आफूहरु आएको एक वर्ष नपुग्दै फोहर व्यवस्थापनमा उत्कृष्ट बनेको जनाउँदै उनले आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे ४५ अंकले बढ्यो नेप्से

काठमाडौँ । साप्ताहिक कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २ हजार ६४ अंकभन्दामाथि पुगेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकममा...

हावाहुरीले उदयपुरमा करोडौँको क्षति

उदयपुर । आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षी...

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो

काठमाडौं । राष्ट्रियसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ। दलहरुबीच सहमति हुन नसकेपछि आज दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई ...

दलबिच कुरा नमिल्दा दोस्रो पटक प्रतिनिधि सभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक फेरि सरेको छ । ...

रेनु दाहालको नेतृत्वपछि भरतपुरमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँ...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघल...

अवैध लागूऔषधसहित चार जना नागढुङ्गाबाट पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएक...

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको त...

कार्यदलमा अझै जुटेन सहमति, फेरी बैठक बस्ने

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबार...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies