Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

'जारी’ फिल्मका निर्देशक सुब्बाले छोरीलाई विद्यालयले अपमानित गरेको भन्दै पोखे गुनासो

खबरडवली संवाददाता
काठमाडौं । कवि तथा चलचित्र निर्माता उपेन्द्र सुब्बाले छोरीको विद्यालयमा भोगेको ‘तितो यथार्थ’ सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्। ललितपुरको जावलाखेलस्थित सुशिल केडिया विश्व भारती स्कुलमा अध्ययनरत छोरी परीक्षामा फेल भएपछि उपप्रधानध्यापक(भाइस प्रिन्सिपल) र शिक्षकले गरेको व्यवहारबारे उनले सामाजिक सञ्जालमार्फत आफ्नो गुनासो सेयर गरेका हुन्।  हलमा चलिरहेको चलचित्र जारीका निर्देशक समेत रहेका सुबाले छोरीको स्कुलमा प्रधान्याध्यापक र शिक्षकले ‘हामी पढाउन सक्दैनौं’ भनेको सुब्बाले उल्लेख गरेका छन्। ‘कक्षा २ बाट सोही स्कुलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै ‘पढ्न जान्दैन। यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ’ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झें। विद्यार्थी कमजोर हुनुमा ८–९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हुन् कि विद्यार्थीको मात्रै?’ उनले भनेका छन्। उनले अभिभावककै अगाडि विद्यार्थीलाई हतोत्साही हुनेगरी गरिएको व्यवहारले ‘हेपिएको’ महसुस गरेको बताएका छन्। सुब्बाले आफ्नो छोरी पेन्टिङ, गायन, नृत्य र अभियनयमा चासो राख्ने गरेको बताउँदै कक्षा ९ र १० पढाउने विद्यालय चाहिएको पनि बताएका छन्। 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: