गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।
चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा सुरु भएको महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरे । चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुने अध्यक्ष लामाले जानकारी दिए ।
विसं १९७७ को बुद्धजयन्तीका अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरी सामूहिक प्रतिबद्धता गराउनुभएको र त्यस समयदेखि नै चुमबासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए । अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुँदैन । महोत्सवले चुमबासीहरुको सामाजिक सांस्कृतिक एकतालाई थप मजबुत बनाउनाका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुु¥याउने र सामूहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त अध्यक्ष लामाको छ ।
महोत्सवमा शान्तिदीप प्रज्वलन र चुम उपत्यका स्थानीय समुदायद्वारा हस्ताक्षर गरी अहिंसा क्षेत्रलाई निरन्तरताका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए। भोलि वैशाख ७ गते दोस्रो दिन शान्तिको पदयात्रा, धर्मगुरुबाट क्षमापूजा, बौद्धका प्रवचन र सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ ।
महोत्सवकै अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्ने, वैशाख ८ गते प्रकृति र संस्कृति संरक्षण गरी प्रमुख लब्राङ लामाबाट ऐतिहासिक नाराक छ्याम् लाखे नाच प्रदर्शनीसहित स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै, महोत्सवको अन्तिम दिन वैशाख ९ गते परम्परागत घोडेजात्रा, स्थानीय संस्कृति कार्यक्रमहरुको प्रदर्शनी गरी चुम श्याग्या शताब्दी महोत्सवको समापन गरिने उनको भनाइ छ ।
मेलामा पालिकाभन्दा बाहिरबाट एक हजार बढी महोत्सव अवलोकनका लागि चुम उपत्यका पुग्ने आयोजकले अपेक्षा गरेको छ । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले महोत्सवका हेर्न आउनेहरुका लागि खान र बस्न होटलको राम्रो सुविधा रहेको आयोजकले जनाएको छ । होटलमा बास नपुगे खानपान र बासस्थानका लागि होमस्टेको राम्रो व्यवस्था रहेको उहाँले बताए ।
महोत्सव सम्पन्न गर्न लागि करिब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब रु ४५ लाख सङ्कलन गरिएको मूल समारोह समितिका अध्यक्ष लामाले जानकारी दिए । चुम उपत्यकामा हरेक वर्ष करिब एक हजार पाँच सयभन्दा बढी विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि चुम उपत्यका पुग्ने क्रम पछिल्लो समय बढ्दै गएको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: